कृष्णभिरमा मोटरसाइकल पल्टिंदा सिन्धुली तीनपाटनका मिनबहादुरको ज्यान गयो

686 पटक पढिएको

७ बैशाख २०८२, आईतवार २१:५५ सम्पादक: धादिङ न्यूज

धादिङ, ७ बैशाख । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बेलुकी पख मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका–९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल सडकबाट तीन सय मिटर तल त्रिशूली नदीकिनारमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको खबर पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगे पनि तामाङलाई मृत अवस्थामा भेटिएको जानकारी दिए ।

मृतकको शवसहित दुर्घटनाग्रस्त मोटरसाइकल त्रिशूली किनारको झाडीमा भेटिएको हमालले बताए ।मोटरसाईकल कता जाँदै गरेको थियो भन्ने खुल्न सकेको छैन ।


🔎 + 1.131651 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=f00be14e401e5f27b87d0e334b14ece3& 🔎 says:

f4pp2l