धादिङको तीनवटै क्षेत्रमा नेकपा एमालेको चुनावी प्रचार प्रसार कार्यक्रम तीव्र
574 पटक पढिएको
धादिङ ,१६ कात्तिक/ तिहारले छोपिसक्दा पनि उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त भएका छन । यसैक्रममा नेकपा एमालेले धादिङको तीनवटै क्षेत्रहरुमा चुनावी प्रचार प्रसार कार्यक्रमलाई तीव्र रुपमा सञ्चालन गरिरहेको छ ।
आगामी मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनमा एमालेलाई पहिलो पार्टीको रुपमा बनाउनका धादिङमा चुनावी चहल पहल तीव्र पारिएको सो पार्टीले जनाएको छ ।
प्रचार प्रसारका क्रममा नेकपा एमाले धुवाकोट गाँउ पार्टी कमिटिको आयोजनामा धुवाकोट गाविसमा शनिवार आमसभा सम्पन्न भएको छ । सभालाई नेकपा एमाले धादिङका अध्यक्ष खेम लोहनी, क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समिति संयोजक एवम राष्ट्रिय प्रतिनिधि परिषद सदस्य डाक्टर रामकुमार अधिकारी, क्षेत्र नं १ का उम्म्ेदवार धनबहादुर घले, नेकपा एमाले जिल्ला कमिटी धादिङका उपसचिव शम्भु कुमार थापा, जिल्ला सदस्य नारायण कार्की, इन्दिरा ढुङगाना नेकपा एमाले गाँउ पार्टी कमिटि धुवाकोटका अध्यक्ष एवम् निर्वाचन परिचालन समितिका संयोजक शीवकुमार श्रेष्ठ, लगायतले सम्बोधन गर्नुभएको थियो । सभा अघि धुवाकोटका विभिन्न ठाँउहरुमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको सो पार्टीले जनाएको छ । यसैगरी क्षेत्र नं २ का चुनावी प्रचार पसार कार्यक्रम सुनौलाबजारको विभिन्न ठाँउहरुमा सम्पन्न भएको वताईएको छ । क्षेत्र नं २ का उम्मेदवार गुरु बुर्लाकोटीलाई जिताउन सुनौलाबजारको हाडीगाँउ, तारुखर्क, हीटी, गोर्खाली गाँउ लगायतका ठाँउहरुमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरिएको एमाले सुनौवजारले जनाएको छ ।
त्यसैगरी नेकपा एमाले गाँउ पार्टी कमिटि पीडा र ३ नं वडा स्तरिय निर्वाचन परिचालन कमिटिको संयुक्त आयोजनामा धादिङ क्षेत्र नं ३ को पीडा गाविसको वडा नं ३ मा घरदैलो कार्यक्रम सम्पन्न भएको वताईएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, १६ कार्तिक शनिबार १४:०९ मा प्रकाशित