नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग दसैंअघि नै सञ्चालनमा ल्याइने
160 पटक पढिएको
धादिङ । नागढुंगा–सिस्नेखोला सुरूङ मार्ग दसैंअघि नै सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सडक विभागले चाडपर्वमा हुने सवारी चापलाई मध्यनजर गर्दै निर्माण कम्पनीसँग समन्वय गरी सुरूङ मार्ग सञ्चालन गर्ने तयारी गरेको हो।
सिस्ने खोला र बलम्बु फ्लाइओभरमा बत्ती जडान र रङरोगनको काम पूरा भइसकेको विभागले जनाएको छ। दसैं अवधिमा यात्रुहरूलाई सहज बनाउन सुरूङ नि:शुल्क प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सिंहदरबारमा बसेको बैठकमार्फत काठमाडौं बाहिर जाने सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरूङ प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सो बैठकमा यातायात व्यवस्था विभाग, सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवाला निकाय सहभागी थिए।
बैठकले देशभरका सडक अवस्थाबारे २४ घण्टा निगरानी गर्न ‘कन्ट्रोल रूम’ सञ्चालन गर्ने, आवश्यक समन्वय तथा व्यवस्थापनका लागि सम्पर्क व्यक्ति तोक्ने, नयाँ बसपार्कसहित विभिन्न राजमार्गमा प्रहरी गस्ती बढाउने र अतिरिक्त प्रहरी परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।








https://shorturl.fm/xuJM7