धादिङको रुवीभ्याली १ प्यालदोर डाँडामा निर्माण गरिएको पार्कमा राखिएको क्रुस अज्ञात समूहबाट तोडफोड
231 पटक पढिएको
धादिङ, ७ असार । धादिङको रुबीभ्याली गाउँपालिका १ प्यालदोर डाँडामा निर्माण गरिएको क्रुस अज्ञात समूहबाट तोडफोड भएको छ। उच्च हिमाली क्षेत्रमा रहेको उक्त क्रुस ढालिएको अवस्थामा फेला परेपछि स्थानीय ख्रीष्टियन समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्।घटना एक साता भित्रै भएको हुन सक्म्ने अनुमान गरिएको छ ।

रुबीभ्याली इसाई समाजका अध्यक्ष सुमन तामाङका अनुसार, उक्त क्रुस प्राकृतिक कारणले नभई योजनाबद्ध रूपमा भारी उपकरण (ग्राइन्डर मेसिन) प्रयोग गरेर जानाजानी ढालिएको हुनसक्ने बलियो आशङ्का छ। गणेश हिमाल क्षेत्रको महत्त्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्यमा भएको यो घटनाले स्थानीय समुदायमा आक्रोश पैदा गरेको छ।
अध्यक्ष तामाङले भने, “हाम्रो धार्मिक आस्थासँग जोडिएको यस संवेदनशील विषयलाई सामान्य रूपमा लिन सकिँदैन। यो कार्यले धार्मिक भावनामा चोट पुर्याएको छ। तसर्थ, सम्बन्धित निकायले घटनाको सूक्ष्म र निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्छ।”
घटना सार्वजनिक भएपछि स्थानीय स्तरमा यसले ठूलो चासो र चर्चा पाएको छ। समाजका अगुवाहरूले धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै संयमता अपनाउन समुदायका सदस्यहरूलाई आग्रह गरेका छन्।
धार्मिक सहिष्णुतालाई खलल पुर्याउने यस्ता गतिविधि नियन्त्रण गर्न र शान्तिपूर्ण सहअस्तित्व कायम राख्न स्थानीय प्रशासनले यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा ख्रीष्टियन समुदायको जोड छ।








https://shorturl.fm/mmeGi
https://shorturl.fm/ALAfQ