प्रकृति–मानव केन्द्रित जनआन्दोलनको भारतीय सम्मेलनले दिएका सन्देश

68 पटक पढिएको

३ कार्तिक २०८३, सोमबार १५:५० सम्पादक: धादिङ न्यूज

  • उत्तम कँडेल
    प्रारम्भ
    प्रकृती–मानव केन्द्रीत जनआन्दोलनको भारतिय सम्मेलन पञ्जावमा २ देखी ४ अक्टोवर २०२६ (विस.२०८३ असोज १६–१८) मा सम्पन्न भयो । त्यसमा भारतको कुनाकुनावाट आएका करिव तिनसय प्रतिनिधी र पर्यवेक्षकहरुको वाक्लो उपस्थिती थियो । नेपालको तर्फवाट भने विन्दुराज सापकोटा, उत्तम कँडेल, माया गिरी, डोलराज अर्याल, किसन शर्मा, सरला खनाल, लक्ष्मी खाँण र हरी सापकोटा समेत आठजनाको उपस्थिती थियो । त्यहाँ वैश्विक गर्मी, जलवायु परिवर्तन र धर्ती दोहनवाट पैदा भएका जल सङकटवारे दस्तावेजहरु प्रस्तुत गरिएका थिए । अभियानको दिर्घकालीन २५ वुँदे कार्यक्रम, विधान तथा प्रतिवेदन माथि पनि छलफलहरु भएका थिए । सम्मेलनका अन्य विशेषताहरु निम्नानुसार थिए ।
    विशेषताहरु
    १. विचार विकासको अभावमा अभियानले निरन्तरता पाउन सक्छ कि सक्दैन भन्ने चिन्ता र चासो भैरहेको वेला यो सम्मेलनले फेरी एकपटक ती आशङकाहरुको खण्डन गरेको छ । मुख्य विचारक आरपी सर्राफ र डिवी सिंहको अभावमा पनि अभियानको निरन्तरतामा कुनै कमी आएको छैन । वरु सिद्घान्त, विचार, सङगठन र संघर्षको क्षेत्रमा यसले अझ विकसीत र विस्तारीत रुप लिदै गएको छ । पछिल्लो चरणमा विकसित प्रविधीहरु जस्तै एआई, अन्तरिक्ष विज्ञान, आणविक हतियारहरु र तरङग ज्ञानको अनियन्त्रित प्रयोगले मानव जाती र समग्र जीवन माथी नै चुनौती थपेको छ । यस्ता विकासलाई कसरी सन्तुलीत, दिगो र भरपर्दो वनाउने ? मानव जातीको अवको वाटो र दिशा के हुनु पर्ला ? व्रम्हाण्डकै सुन्दर ग्रहलाई अझै सुन्दर कसरी वनाउन सकिएला ? भन्ने जस्ता अनेकौ सवालमा सम्मेलनले उचित संश्लेषण र विश्लेषण गरेको थियो । आखिरमा सम्मेलनले प्रकृति–मानव हितैषी विकास मोडेलको अपरिहार्यतालाई फेरी एक पल्ट पुष्टी गरेको छ ।
    २. लामो समयदेखी भारतिय सम्मेलनहरुमा आरपी सर्राफवाट दिक्षीत वुढाहरु मात्र हावी थिए । तर विगत केही वर्षहरु देखी अभियानमा महिला, युवा र विभिन्न क्षेत्रका नयाँ अनुहारहरु पनि देखिन थालेका छन् । वर्तमान कर्पोरेट व्यवस्थाको गलत दिशा र योजनाको कारण जैव–सामाजिक सङकट वढ्दै गएको र त्यसवाट मुक्ति पाउन प्रणालीमा नै रुपान्तरण गर्नु पर्ने निष्कर्ष वुझे पछि युवाहरु अभियानमा जोडिन थालेका हुन् । अभियान पनि देशव्यापी वन्दै गएको छ । जवदेखी भारतिय अभियन्ताहरु सडकमा उत्रन थाले तव देखी परिवर्तनप्रेमी युवाहरु अभियानमा जोडिन थाले । नेपालले पनि भारतिय अनुभववाट धेरै सिक्न सक्छ । जति धेरै सडक केन्द्रित काम हुन सक्यो त्यति नै संगठन वनाउन सकिने अनुभव आफैमा महत्वपूर्ण छ ।
    ३. जलवायु परिवर्तन, ग्लोवल वार्मीङ र पर्यावरणीय गिरावटले विश्वव्यापी खाद्य सुरक्षा र पर्यावरणीय असुरक्षाको प्रश्न पेचिलो वन्दै गएको छ । विश्व खाद्य सङगठनको प्रतिवेदन अनुसार यतिवेला विश्वका झण्डै एक अरव मानिसहरु उच्च स्तरको खाद्य असुरक्षाको चपेटामा छन् । झण्डै डेढ अरव मानिसहरु चरम गरिवीमा छन् । झण्डै पाँच करोड मानिसहरु हरेक वर्ष गरिवीको रेखामुनी झरिरहेका हुन्छन् । अर्कोतिर सिमीत धनाडयहरुको हातमा अथाह सम्पती थुप्रदै गएको छ । भनिन्छ, विश्वका १० प्रतिसत धनाडयहरुसँग झण्डै ५२ प्रतिसत र ५० प्रतिसत गरिवहरुसँग केवल ८.५ प्रतिसत धन रहेको छ । यसको मतलव पछिल्ला दशकहरुमा धनि र गरिव विचको खाडल अस्वाभाविक रुपमा फराकिलो वन्दै गएको छ ।
    तर वर्तमान कर्पोरेटवादीहरु खाद्य तथा पर्यावरणीय सुरक्षालाई खासै महत्व दिदैनन । उनिहरु राष्ट्रिय सुरक्षाको नाममा सैन्य सामाग्रीको उत्पादन, वितरण तथा ओसारपसारमा एकोहोरो जोड लगाईरहेका छन् । जसले गर्दा विश्वभर द्वन्द, हिंसा, युद्ध र अशान्ती नराम्ररी फैलेको छ । साथै गरिवी, अभाव, विभेद र वेरोजगारी पनि रफ्तारमा वढेको छ । आजका शासकहरु जीवन रक्षाको वाटो छाडेर राष्ट्रीय सुरक्षाको नाममा सत्ता, शक्ति र धनको खेलोमा व्यस्त छन् । यहिनेर कर्पोरेटवादी र प्रकृति–मानव हितैषी विचारधारा विच फरक देखिन्छ । यसपटकको भारतिय सम्मेलनमा यसवारे प्रशस्त छलफल भएको थियो ।
    ४. सम्मेलनमा नेपालको वितण्डावादी हिमपहिरोको वारेमा पनि प्रशस्त चर्चा भयो । कतिपयलाई यो चाईनाको षडयन्त्र थियो भन्ने भ्रम पनि परेको रहेछ । वास्तवमा भारतिय शासकहरु वेलावेलामा चाईना विरोधी जनमत भट्काउन अनेक भ्रम छरिरहन्छन् । सम्मेलनले जलवायु परिवर्तनवाट हिमालय आश्रित झण्डै दुई अरव मानिसहरुको जिवन रक्षाको लागी सम्वेदनशिल हुन सरोकारवाला सवैलाई आग्रह गरेको छ ।
    तिव्वतीयन पठारको नेपालतर्फ फर्केको पाटोमा रहेको हजारौ हिमताल, हिमनदी, ग्लेसियरहरुको कारण नेपाल झन् वढी सङकटग्रष्त रहेको र कुनै पनि वेला थप विस्फोटनहरु हुन सक्ने भएकोले समग्र जिवन रक्षाको लागी सम्मेलनले प्रकृति–मानव हितैषी विकास मोडलमा जान सरकारहरुसँग आग्रह गरेको छ । कार्यान्वयनमा ढिलासुस्ती हुन गएमा जनसमुदायले सम्वन्धित पक्षहरुमा दवाव दिनु पर्ने सुझाव समेत दिएको छ ।
    विज्ञहरुका अनुसार विश्वमा खडेरी, आँधीवेहरी, सामुन्द्री गर्मी, तातो हावा, जलसङकट, अति वृष्ट्री, अनावृष्टी, वाढी, पहिरो, हिम पहिरो आदी अनेकौ प्राकृतिक घटनाक्रमहरुमा अस्वाभाविक परिवर्तन र वढोत्तरी भैरहेको छ । जलवायु परिवर्तनको कारण विश्वभरी सामाजीक, आर्थिक र राजनैतिक सङकटहरु वढ्दै गैरहेका छन् । यसको मतलव सुन्दर पृथ्वीमा जिवन विरोधी हर्कत वढ्दै गएको छ । तर पनि आजका कर्पोरेट शासकहरुमा चिन्ता देखिदैन । धन, सत्ता र वश्र्चस्व विस्तारमा उनिहरुको ध्यान खिचिदै गएको छ । अझ उल्टो उनिहरु यस्ता मुद्दा उठाउनेहरुलाई विकास विरोधीको संज्ञा दिदै आएका छन् ।
    प्राप्त शिक्षा र आगामी कार्यभारहरु
    १. प्रकृति–मानव केन्द्रित जनआन्दोलनको भारतिय सम्मेलनमा यसपल्ट फेरी दक्षिण एसियाली राष्ट्रहरु विचको जनसार्कवारे कुरा उठयो । विसं २०७१ को छैटौ नेपाल सम्मेलन पछि अर्को सम्मेलन हुन सकेको छैन । प्रभुत्ववादी शैलीको कारण यतिवेला भारतको सवैजसो छिमेकीहरुसँग दुष्मनी वढेको छ । जसले सरकारी सार्क मात्र हैन गैर–सरकारी क्षेत्रहरुमा समेत गम्भीर असर परेको छ । जनता जनता विचको एकता र सहकार्यको पर्याय वनेको प्रकृति–मानव केन्द्रित जनआन्दोलनको जनसार्कमा समेत यसको असर देखिएको छ ।
    असहज परिस्थितीको कारण आजसम्म सातौ जनसार्क हुन सकेको छैन । नेपालले आँट गर्न सक्छ भने जनसार्क अझै व्युतन सक्छ भन्ने विषयमा त्यहा खुलेर छलफल भयो । क्षेत्रका सवै राष्ट्रहरुको सहभागिता सुनिश्चित गर्न पनि नेपाल उपयुक्त आयोजक हुन सक्ने देखियो । त्यसैले अव नेपाललाई जनसार्क आयोजना गर्ने अवसर र चुनौती दुवै थपिएको छ । यसवारेमा छिट्टै छलफल र निष्कर्षमा पुग्नु पर्ने आवस्यकता छ ।
    २. अभियानकोे निरन्तरताको लागी आन्दोलनमा युवाहरुको सहभागीता महत्वपूर्ण हुन्छ । तर हामीले विगत लामो समय देखी सङगठनमा न युवाहरुलाई समेट्न सकेका छौ न टुटफुट र विभाजनलाई नै रोक्न सकेका छौ । त्यसवारेमा गम्भीर समिक्षा आवस्यक भैसकेको छ । अभियानको निती र कार्यक्रमहरुलाई सडकवाट अनुमोदन नगर्ने हो भने युवाहरुलाई जोड्न सकिदैन । अभियन्ताहरु सडकमा देखिन थाले पछि आन्दोलन व्यापक र विस्तारित मात्र भएन, त्यसले भारतिय सङगठनको रुप र आकारमा समेत ठुलो परिवर्तन ल्यायो । त्यसैले भारतको यो अनुभवलाई हामीले पनि आत्मसात गर्न ढिलाई गर्न हुँदैन ।
    ३. यसपटकको भारतिय सम्मेलनमा मञ्चको कार्यक्रममा समेत नितान्त फरकपन देखियो । मञ्चमा उद्घोषक वाहेक कोही थिएनन् । फूलमाला, खादा, व्याच थिएन । सभापती, अतिथी, प्रमुख अतिथीहरु थिएनन । मञ्च खाली थियो । वेलावेलामा वक्ताहरु मञ्चमा उक्लन्थे र विचार राख्थे । कर्पोरेट अगुवाहरुले विगत लामो समय देखी नेता र जनप्रतिनिधीहरुलाई केन्द्रमा राखेर नितीगत सवाललाई ओझेल पार्दै आएका थिए । यस्तो गलत अभ्यासले नेतृत्वलाई देवत्वकरण गर्न मद्दत पुगेको थियो । तर यस अभियानले मञ्चको त्यो तामझामलाई जरैदेखी उखेलेर फ्याकेको छ । अभियानलाई नेता प्रधान हैन निती प्रधान वनाउन मञ्चलाई त्यसरी व्यवस्थित गरिएको हुनु पर्छ ।
    ४. नेतृत्व छनौट प्रणालीमा पनि कुनै अस्वस्थ्य प्रतिस्पर्धा देखिएन । सम्मेलनले समय दिन सक्ने, काममा जोड दिने, क्षमता भएका, स्वैच्छिक, ऐच्छिक र स्वयमसेवी भावना भएकाहरुलाई छनौट गरिएको थियो । जवकी कर्पोरेटवादी सङघ संस्थाहरुमा नेतृत्व छनौट पैसा र सत्ता आशिर्वादको आधारमा हुने गर्छ । जुन अस्विकार्य छ । सम्मेलनले संगठन भित्रको एकल निर्णय र आदेशलाई खारेज गर्दै सामुहिक नेतृत्व र साङगठानीक एकतामा जोड दिएको छ ।
    ५. सम्मेलनमा पेश गरिएका प्रतिवेदन अनुसार हरेक केन्द्रिय वैठकहरुमा समसामयिक सवालमा दस्तावेजहरु प्रस्तुत हुदै आएका छन् । त्यस्ता दस्तावेजहरुले घटनाक्रमलाई हेर्न, वुझ्न र साझा दृष्ट्रिकोण वनाउन मद्दत पुगेको छ । समाजमा देखिएका हरेक नयाँ चुनौतीलाई पहिचान गर्न र रुपान्तरण गर्न यस्ता छलफलहरु महत्वपुर्ण हुन्छन् । त्यसैले हामीले पनि त्यस्ता अभ्यासहरुवाट सिक्न ढिलाई गर्न हुँदैन ।

कमजोरीहरु

१. सिमीत कोटाको कारण यस पटकको सम्मेलनमा नेपालले चाहे जस्तो सहभागी गराउन सकेन । डिवी सिँहको पालासम्म नेपालवाट भारत जाने सहभागीहरु प्रशस्त हुन्थ्ये । संगठन विस्तारको लागी ति सम्मेलनलाई वहाँले सँधै मौकाको रुपमा प्रयोग गर्दै आउनु भयो । तर पछि पछि भारतिय निम्ता खाने वस्ने र घुम्ने स्टेसन वन्न थाले पछि नेपालको वदनाम हुन थाल्यो । त्यस पछि भने अभियानमा भारतिय निम्तालाई वस्तुनिष्ट वनाउनु पर्ने आवस्यकता महसुस भयो । फलस्वरुप यस पटक सहभागीहरु कम हुन गयो ।
२. सम्मेलनमा हिन्दी र पञ्जावी भाषाको प्रयोग गरिएको थियो । जुन हाम्रो लागी सुपाच्य भएन । हिन्दी वुझ्न गा¥हो थिएन । तर पन्जावी वुझ्न हम्मे हम्मे पथ्र्याे । सम्मेलनमा विचार आदान प्रदान गर्न र सम्झन समेत भाषा वाधक वनिरहयो ।
३. सम्मेलनमा आउदा जाँदा विभिन्न प्रवृतिहरु विच हल्का टकराव देखियो । मानिसहरुमा फरक फरक प्रवृतिहरु हुन्छन् । प्रवृतिहरु विच एकता, संघर्ष र रुपान्तरणको प्रक्रिया चलिरहेको हुन्छ । हरेक व्यक्तिसँग आ–आफ्नै पहिचान झल्कने आनिवानी र स्वभावहरु हुन्छन् । त्यो नै व्यक्तिको वास्तविक परिचय हो । जस्लाई हम्मेसी रुपान्तरण गर्न सकिदैन । त्यसैले हरेकले स्वभाव र आनिवानीहरु वुझेर मात्र अर्कोसँग व्यवहार गर्न सिक्नु पर्छ । जसले यात्रालाई सहज र सरल वनाउन मद्दत गर्छ । नत्र अनावस्यक द्वन्द र झमेलामा फस्न सक्ने डर हुन्छ । यो नै यात्रा र सहकार्यको नियम हो । जे होस, यसपटकको यात्राले हामीहरुलाई वेग्लै र उच्चस्तरको सिकाईमा फड्को मार्ने अवसर मिलेको अनुभुती भयो ।
४. कार्यक्रमको विचमा लेरागागामा पर्यावरणीय जुलुस समेत सम्पन्न भयो । तर स्थानिय समुदायको खासै सहभागीता देखिएन । जसले जनतासम्म पुग्न अभियानले अझै मिहिनेत र लगानी गर्नु पर्ने आवस्यकता महसुस भयो ।
निष्कर्ष

यस पटकको भारत भ्रमणले कैयौ नयाँ पुराना अभियन्ताहरुसँग अन्तक्रिया गर्ने र परिचयलाई नविकरण गर्ने अवसर मिल्यो । पर्यावरणिय विनासका पछिल्लो घटनाक्रमलाई हेर्न, वुझ्न र निष्कर्षमा पुग्न समेत यो सम्मेलन सहयोगी वन्यो । समय वित्दै जाँदा प्रकृति–मानव मैत्रि विचारधारा कसरी प्रभावकारी वन्दै गैरहको छ भन्ने थाहा पाउन पनि यो सम्मेलन महत्वपुर्ण रहयो । समग्रमा यस पटकको भारत भ्रमण फलदायी, प्रेरणादायी र उत्साहवर्धक समेत रहयो ।

३१ असोज २०८३


Interesting analysis! The shift to online gaming in the Philippines is huge, and platforms like bingoplus ph club are leading the way. KYC verification is key for legit sites, ensuring a safe experience for everyone. Good read!