बट्टारमा सवारी दुर्घटना: घाइते ४४ वर्षीय नवराज दाहालको काठमाडौँमा उपचारका क्रममा निधन

72 पटक पढिएको

३ कार्तिक २०८३, सोमबार २०:४९ सम्पादक: धादिङ न्यूज

बट्टार (नुवाकोट) -नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारस्थित भित्री सडक खण्डमा कार्तिक २ गते दिउँसो ईभी गाडी र स्कुटर एकापसमा ठोक्किँदा घाईते भएका एक जनाको उपचारका का क्रममा मृत्यु भएको छ।

सोमबार दिउँसो करिब २:३० बजे हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र. ०१-००६ ख ९११२ नम्बरको ईभी गाडी र  संगमचोकबाट हावाघरतर्फ आउँदै गरेको बा ३८ प ३२४३ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका ४४ वर्षीय नवराज दाहाल गम्भीर घाइते हुनुभएको थियो। टाउकोमा गम्भीर चोट लागेका दाहाललाई तत्काल उपचारका लागि चक्रदेव अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल रिफर गरिएकोमा डाक्टरले अपरान्ह ४:४६ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ईभी गाडी र त्यसका चालक विदुर-१ का २३ वर्षीय देव तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) रामप्रवेश महतोको कमाण्डमा ट्राफिकसहित ६ जनाको टोली घट्नास्थल पुगेर उद्धार तथा अनुसन्धान सुरु गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।