गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, केहीबेर राजमार्ग अवरुद्ध

32 पटक पढिएको

९ मंसिर २०८३, मंगलवार १४:०३ सम्पादक: धादिङ न्यूज

 

धादिङ । धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

२०८३ मंसिर ८ गते बिहान करिब ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक जिल्ला डडेलधुरा, अजयमेरु गाउँपालिका निवासी अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बैरेनी अस्पताल लगिएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।

दुर्घटनापछि स्थानीयवासीले केहीबेर पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीयको अवरोधका कारण केही समय यातायात प्रभावित भए पनि अहिले सडक अवरोध हटिसकेको छ र सवारी आवागमन सुचारु भएको छ।

दुर्घटनामा संलग्न टिपर र चालक जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।