कस्तो छ आजको मौसम पूर्वानुमान ?

19 पटक पढिएको

१३ मंसिर २०८३, शनिबार ०७:३४ सम्पादक: धादिङ न्यूज

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको ।

हाल देशको हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। तराई क्षेत्रको केही स्थानमा हुस्सु/तुवाँलो लागेको र बाँकी भू-भागमा मौसम मुख्यतयता सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।