नेतृत्वका लागि वैचारिक प्रतिस्पर्धामा उत्रन ओलीलाई नेपालको चुनौती

683 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, वैशाख १३ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्वका लागि वैचारिक प्रतिस्पर्धामा उत्रिन चुनौती दिनुभएको छ ।

एमालेको धादिङ काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा एमाले अध्यक्षका आंकाक्षी नेपालले ओलीलाई यस्तो चुनौती दिनुभएको हो ।

‘खुट्टा उचाल्दैमा, गाली गरेर नेतृत्व पाइँदैन,’ ओलीतर्फ लक्षित गर्दै नेपालले भन्नुभयो, ‘नेतृत्वका लागि विचारको प्रतिस्पर्धामा आउनुपर्छ ।’  नेता नेपालले ओलीलाई कटाक्ष गर्दै अरुको पालो पुग्यो अब मेरो पालो भनेर पनि पार्टीको नेतृत्व कसैले नपाउने बताउनुभयो ।

नेता नेपालले पार्टी भित्रका विकृति विसंगित समाप्त गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो उज्यालो अनलाईनमा खबर छ ।