कुकुरले आची गरेपछि विमानको आपतकालीन अवतरण
815 पटक पढिएको
लस एन्जल्सबाट फिलाडेल्पिmयाका लागि उडेको अमेरिकी एयरवेजको विमानभित्र ट्रफल्स नामको कुकुरले तिन पटक सम्म दिसा गरेर हैरान पारेपछि मिसौरीको कन्सासमा आकस्मिक अवतरण गरिएको थियो ।
कुकुरले पटक पटक दिसा गर्न थालेपछि दिसा सफा गर्ने पेपर टावेल पनि सकिएका र दिसा गन्हाएर विमानभित्रका यात्रुहरु नै विरामी पर्ने डर बढेपछि पाइलटले विमानलाई आकस्मिक अवतरण गराए ।
झण्डै ४ फिट लामो भिमकाय कुकुरले थुप्रो आची गरेपछि यात्रुहरुलाई गन्हाएर बसिनसक्नु भएको एकजना यात्रु स्टेभ क्याक कलले अमेरिकी पत्रिका इन्साइड इडिसनलाई बताए । कुकुरको आची सोहोर्न पेपर टावेल सकिएपछि चालक दलका सदस्यलाई यस विषयमा जानकारी गराइएको थियो र पाइलटले कन्सास विमानस्थलका अधिकारीहरुसँग सम्पर्क गरि विमानलाई त्यहीँ आकस्मिक अवतरण गराए । कन्सास विमानस्थलमा अवतरण गराएर कुकुरको आची सफा गरियो ।
त्यो कुकुर र उसको मालिकलाई कारवाही स्वरुप त्यो विमानबाट झारेर अर्कै विमान चढाएर पठाइयो भने अन्य यात्रु छाटो ट्रान्जिटपछि फिलाडेल्पिmयाका लागि उडे । विमानमा यात्रारत एक पत्रकारले आफ्नो यात्रा अनुभवको रोमाञ्चकताबारे टि्वट गर्दै विमानका चालक दलका सदस्यलाई धन्यवाद दिएका छन् । एयरवेजका प्रवक्ताले त्यो घटनालाई दुर्लभ तथा दुर्भाग्यपूर्ण भनेका छन् ।