एडभान्स एकेडेमीमा विदाई तथा पुरस्कार बितरण कार्यक्रम

579 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी–प्रवेशिका परीक्षाको नतिजा आउनै लाग्दा एडभान्स एकेडेमीवाट यस बर्षको प्रवेशिका परिक्षा दिएका बिद्यार्थीहरुलाई बिद्यालयले शुक्रवार एक भव्य कार्यक्रमका बिच विदाई गरेको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्री तिवारीको अध्यक्षतामा भएको पांचौं विदाई तथा पुरस्कार बितरण कार्यक्रम जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी रमा अर्याल पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बिद्यालय परिसरमा आयोजित पांचौं विदाई तथा पुरस्कार बितरण कार्यक्रममा नीलकण्ठ उच्च मावि श्रोत केन्द्रका श्रोत व्यक्ति इश्वरकुमार श्रेष्ठको बिशेष आतिथ्य रहेको थियो ।
SAM_2630 SAM_2634 SAM_2636 SAM_2638यसैगरी छिमेकी बिद्यालयका प्रधानाध्यापक,निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन)का प्रतिनिधि,बिद्यालयका अभिभावकका साथै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज छत्कुली लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा बिद्यालयले सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुमा सहभागी भई उत्कृष्ठ हुन सफल तथा कक्षा गत परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने बिद्यार्थीहरुलाई सम्मान एवम पुरस्कार बितरण गरिएको थियो । बिद्यालयले गत बर्षको शैक्षिक सत्रमा बिद्यालयका शिक्षक मध्ये सबैभन्दा उत्कृष्ठ कार्य सम्पादन गर्नुहुने शिक्षिका उषाकिरण रानालाई बर्षको उत्कृष्ठ शिक्षकका रुपमा सम्मान गरेको थियो । यसैगरी बिद्यालयका अभिभावक मध्ये मिशन छत्कुलीका आमा अम्बिका छत्कुलीलाई उत्कृष्ठ अभिभावकका रुपमा सम्मान गरिएको थियो । बिद्यालयमा निरन्तर उपस्थित भई उचित सल्लाह सुझावका साथै पढाईको सुधारका लागि उचित परामर्श दिए वापत छत्कुलीलाई सम्मान गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रमको अवसर पारेर बिद्यार्थीहरुले गित नृत्य र सांगितिक प्रस्तुती प्रदर्शन गरेका थिए ।