धादिङमा थपिए माछा पालक कृषक

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

480X320_31bab9fd32f4bcdb4f0aa389a0d4593fधादिङ , -मलेखु वजार र काठमाडौ वजारलाई लक्षित गरी धादिङ जिल्लामा माछा पालक कृषकको संख्या र क्षेत्रफल थपिएको छ । आर्थिक वर्ष २०७०\०७१ मा २५ जना कृषकले १ सय ३ रोपनी जग्गामा ७० वटा पोखरी बनाएर माछा पालन शुरु गरेका छन् ।
माछा पालनमा राजनीति कर्मी, सहकारी कर्मी, जागिरे, व्यापारी र कृषक नेता समेत एकल तथा सामुहिक रुपमा माछा पालन गर्न थालेका छन् । एक वर्ष अघि सम्म ६ जनाले ४४ रोपनी जग्गामा १५ वटा पोखरी बनाएर शुरु गरेको माछा पालन गरिएको थियो । अव प्रयेत्क वर्ष १ सय रोपनी क्षेत्रफल बढाउदै जाने कार्य योजना रहेको वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए ।
पोखरी निमार्ण गरेपछि प्रतिरोपनी दश हजार नगद अनुदान जिल्ला कृषि विकास कार्यालयले अनुदान दिने, र्वाषिक रुपमा आम्दानी लिन सकिने, उपभोक्ताको माग र वजारको पहुंच भएकाले माछा पालनमा आर्कषण बढेको कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले बताए ।
माछा पालनमा गाँउ विकास समितिका पूर्व अध्यक्ष योवराज वराल, पूर्व हार्डवयर व्यावसायी ध्रुव विक, सहकारी कर्मी सुजन तामाङ, हेलभेटास नेपाल पूर्व कर्मचारी छो लामा, राष्ट्रिय कृषक समुह महासंघका प्रथम उपाध्यक्ष भक्त बहादुर बस्नेत र पूर्व विद्यार्थी नेता बद्री अर्याल समेत माछा पालनमा लागेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला भर १ सय ४७ रोपनी जग्गामा ८५ वटा पाखरी निमार्ण गरी करिव २५ लाख रघु, नैनी, कमन कार्प, ग्रास कार्प, विग हेड, सिल्भर कार्प जातका भुरा पालिएको छ । माछा विक्रीबाट १ करोड २० लाख आम्दानी हुने अनुमान गरिएको छ कारोवार डेलीले खबर लेखेको छ । ।