सहकारी छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय.
184 पटक पढिएको
काठमाण्डौं,२ असोज २०८१ । सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ ।
बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भयो । उहाँकाअनुसार सरकारले संसदमा प्रश्तुत भएको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी छानविन प्रतिवेदन, २०८१ लाई कार्यान्वयनका लागि भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने निर्णय भएको बताउनु भयो । समिति संयोजकले संसदमा प्रश्तुत गर्नुभएको समितिको प्रतिवेदन र कारबाहीको सिफारिसअनुसार सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अस्तिको संसदमा प्रश्तुत भएको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी छानविन प्रतिवेदन, २०८१ जुन प्रश्तुत भएको छ, संसदमा पेश भएपछि सभामुखज्युले कार्यान्वयनको लागि मन्त्रीपरिषद्मा पठाउने निर्णय भएको थियो । आजको मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन, २०८१ कार्यान्वयनको लागि सम्बन्धित मन्त्रालयमा पठाउने । समितिको प्रतिवेदन पेश गर्दा समिति संयोजकले जे भन्नुभएको थियो, हामी त्यही कार्यान्वयन गर्नेछौँ ।’
मन्त्री गुरुङले वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धता कार्यान्वयन गर्ने निर्णय भएको बताउनु भयो । आजको मन्त्रीपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धता पारित गरेको बताउनु भयो ।