१८ बर्ष उमेर पुगेका नागरिकले मतदान गर्न पाउने सहमति

872 पटक पढिएको

८ श्रावण २०७१, बिहीबार २१:१० सम्पादक: धादिङ न्यूज

nepal-pollकाठमाण्डौं–तल्लो सदनको नाम प्रतिनिधिसभा राख्ने र १८ बर्ष उमेर पुगेका नागरिकलाई मतदानको अधिकार दिने बिषयमा सहमति जुटेको छ । यसअघि तत्कालिन संविधानसभाको संवैधानिक समितिले गरेको सहमतिलाई बिहीवार बसेकोे संवैधानिक राजनितिक संवाद तथा सहमति समितिले अमुमोदन गरेको हो । अघिल्लो संविधानसभा मातहतको संवैधानिक समितिले प्रस्तावित नयाँ संविधानको अन्तरवस्तुमध्ये ४८ वटा बिषयमा सहमति जुटाएको थियो, ति मध्ये संवाद समितिले ११ वटा बिषयमा पहिले नै सहमति जुटेको थियो भने आज थप दुई बुँदामा सहमति जुटेको हो । आजको बैठकमा बुँदा नम्बर १२ देखि ४८ सम्ममा छलफल गरिएको हो । छलफलमा सवैजसो दलका शिर्ष नेताहरु सहभागी थिए । बैठक शुक्रवार फेरी बस्ने भएको छ ।