नेकपा माले धादिङको सचिवमा हरी आचार्य
641 पटक पढिएको

धादिङ–नेकपा माले धादिङ जिल्ला कमिटीको सचिवमा धादिङ केवलपुरका हरि आचार्य चयन हुनु भएको छ ।
शनिवार धादिङको नौविसे गाविसको खानीखोलामा सम्पन्न भएको नेकपा मालेको जिल्ला भेलाले आचार्यको नेत्तृत्वमा १३ सदस्यिय जिल्ला कमिटीको चयन गरेको हो ।
भेलाले जिल्ला कमिटीको उप सचिवमा रामेश्वर सिम्खडालाई चयन गरेको छ भने जिल्ला कमिटीको सदस्यहरुमा तिर्थ सिलवाल,टंकलाल श्रेष्ठ,खगेश्वर कोईराला,राजेन्द्र पाठक,रामकुमार गिरी, रमेश रेग्मी,गोमा लामीछाने,डिलवहादुर घिमिरे,गोकर्ण रुपाखेती,पुजा सिलवाल र श्याम सिम्खडा सर्वसम्मत वाट चयन भएको वताईएको छ ।
नेकपा माले निकट रहेको प्रगतिशिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष चक्रपाणी तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा मालेका बैकल्पिक केन्द्रिय पोलिटव्युरो सदस्य कृष्ण राना, पश्चिम वागमती व्युरो सचिव रोहित केसी,धादिङ रसुवा इन्चार्ज भरत नेपाल लगायतको आतिथ्य रहेको थियो । पार्टी सचिवमा चयन हुनुभएका आचार्य २०५४ साल देखि नेकपा मालेको जिल्ला कमिटी सदस्यमा सक्रिय हुनुहुन्छ ।