चेपाङ संरक्षण केन्द्र द्वारा स्वास्थ्य शिविर

587 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–चितवन जिल्लाको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रले धादिङको विकट पहाडी क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर गरेको छ । धादिङ जिल्लाको मैदी गाविस वडा नं.९ माझीटारमा गरिएको स्वास्थ्य शिविरमा २३१ जना कुमाल समुदायको स्वास्थ्य परीक्षण गरिएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो । शिविरमा रत्ननगर अस्पतालका स्वास्थ्यकर्मी भोजराज खनाल र धादिङ स्थित दरबुङ स्वास्थ्य चौकीका सिनियर अहेव रमेश शाहले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा विरामीलाई निशुल्क औषधि पनि वितरण गरिएको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।