बट्टाई चरा पालनमा युवाहरुको आकर्षण

2369 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सन्तोष शर्मा
220px-Coturnix_coromandelicaकाठमाण्डौं–बालाजु स्थित युवाहरुको बैकल्पिक समुह नामक एक व्यवसायिक समुहले नेपाल मै लोप हुन लागेको बट्टाई चराको पालन तथा संरक्षण गर्दै आएको छ । हाल यस समुहले ६÷७ समुहमा बट्टाई चराको पालन गर्दै आएको छ जसमा गृहिणिहरु र वृद्धवृद्धाहरुलाई समय बिताउन र आत्मनिर्भर बन्न सहज बनाएको छ । समुहका प्रमूख रामजी लामिछानेका अनुसार यस चराको मासु वा अण्डा सेवन गर्नाले क्यान्सरको रोकथाम,टि.भि,दम,सुगर,एलर्जी, पत्थरी जस्ता रोगको औषधि,साथै नियमित सेवनले तौल सन्तुलन, स्मरण शक्ति बड्ने,चिसोका रोगीहरुको लागि अति उपयुतm, हड्डी बलियो बनाउँने, प्रजनन शक्ति बढाउँने, कस्मेटिकको काम पनि गर्दछ । यो अण्डामा अन्य अण्डा भन्दा ३÷४ गुणा पौष्टिक तत्व बढि हुने हुनाले अन्य अण्डा भन्दा बढि स्वादिलो हुन्छ । यसको अण्डा कुखुराको अण्डा भन्दा सस्तो र बढि लाभदायी हुन्छ । त्यस्तै बट्टाई व्यबसायी प्रविण श्रेष्ठका अनुसार सानो ठाउँमा धेरै बट्टाई पालन गर्न सकिने भएकोले गर्दा गृहिणिहरु र वृद्धवृद्धाहरुले राम्रो आम्दानी हात पार्न सफल भइ आत्मनिर्भर बनेका छन् । यस समुहले यसलाई ठूलो संख्यामा पाल्ने उदेश्यले अर्को फार्मको तयारी गर्दै छ । फार्ममा टर्की, फाईटर, लौकाट, ब्यान्टम, कोचिङ्ग, सिल्कि, पलिस,लोकल कुखुरा, हाँस को पालन हुंदै आईरहेको छ । यस कार्यलाई व्यवसायिक वनाउन सरकारी तहवाट पहल हुनुपर्ने व्यवसायीहरुको माग रहेको छ ।