मलेखुलाई माछा–चपमय बनाउने छविलालको कथा

868 पटक पढिएको

सम्पादक: Dhading News

480X320_e0530c9cf766560d25b1b8ac66f691f9मलेखु, – केश सेतै भएका, रिष्ठपुष्ट, जोशिला, अनुभवले खारिएका र अझपनि केही गरुला जस्ता ७१ वर्षिय छविलाल मरहठ्ठा । उनै मरहठ्ठाले स्थानीय खोलाको आधा केजी माछा र १ केजी आलुबाट शुरु गरेको छामा–चप आज मलेखु बजार र देश विदेशमा प्रसिद्ध छ । उनलाई लागेको थिएन कि मलेखु माछा–चपमय होला र देशविदेशमा गुनगान होला भन्ने लागेको थियो त मात्र मलेखु भएर आउनेजानेले खालान् ।
 वर्मामा जन्मिएका मरहठ्ठाले वंगाली भाषामा “वैगुन भर्ती आलु चोखा” भनि आफुले शुरु गरेको माछा–चपको कहानी शुरु गरे । २०३५ फागुनमा मलेखु आएर चिया पसल शुरु गरेको थिएँ । एक दिन एक जना चेपाङले त्रिशुली नदीमा जालमा पारेको माछा बेच्न ल्यायो । त्यही माछा तारेर बेच्न शुरु गरे । पहिलो दिनमै आधा केजी माछा विक्यो । भोलीपल्टबाट चेपाङलाई आग्रह गरेर माछा मार्न पठाउन थाले । माछा तारेर र सिलमा सुकाएर वेच्न थाले ।
 माछासंगै कस्तो नास्ता बेच्ने होला भनि चिन्ता लाग्न थाल्यो । एक पटक भोटाहिटीमा पेडा देखेको थिए । त्यसकै आधारमा पहिलो दिन आधा केजी उसिनेर आलु चप बनाए । त्यो पनि सकिए पछि व्यापार हुन्छ भन्ने लागेर काठमाण्डौबाट हरियो प्याज र खुसार्नी ल्याउने व्यवस्था मिलाए । त्यति वेला अहिले जस्तो धेरै मोटर हुदैन थियो । दुध बोक्ने गाडी ड्राइभरलाई केही पैसा दिएर खुसार्नी र प्याज ल्याउने व्यवस्था दरिलो बनाए । पोखरा–काठमाण्डौ भर्खर बाटो खुलेको थियो त्यतीवेला । ८ वटा गाडी चल्थो । केही समयपछि भैरहवा–काठमाण्डौ पनि बाटो खुल्यो विस्तारै गाडीको संख्या र यात्रुहरु बढ्दै गए । मपनि व्यापारमा निरुपण हुदै गए ।
त्यतीवेला मैले ५० पैसा प्रतिगोटा बेचेको चप र ५ रुपयाँ प्रति प्लेट वेचेको माछा अहिले
१० रुपयाँ प्रतिगोटा बेचेको चप र १ सय ६० रुपयाँ प्रति प्लेटमा बेचिरहेकाछन् । विगतलाई सम्झदै उनले भने राजदरवारका सदस्य समेतले आफुबाट माटा किनेको र सूर्य बहादुर थापाले समेत शर्मा होटलको नाम लिएर माछा किन्न आएको बताए ।
आफुले माछा–चप बेच्न थालेपछि अरुले पनि सिकेर गर्न थाले । विस्तारै पसल र ग्राहक थपिदै गए । आफूले एकै दिनमा तारेको र सुकाएको गरी १७ किलो माछा र ५ किलो आलुको चप बेच्दा ढंग पर्थे । स्थानीय खोलाको माछाले नपुगेपछि उदयपुरबाट समेत माछा झिकाएको बताए । अहिले मलेखुमा १५ क्यून्टल माछा र १ क्यून्टल आलुको चप दिनहुँ व्याापार हुन्छ । करिव १ सय होटलहरु माछा–चप मात्र बेच्ने होटलहरु छन । आफ्नो होटलको पहिलो कुकमा काम गरेको सुव्वा मगरले अहिले टुप्पी होटल चलाएको छ, उस्ले लोकल कुखुरा मात्र बेच्छ । दोस्रो कुकु बद्री अधिकारीले आफ्नै शर्मा होटल किनेर माछा–चप बेच्दै आएकोमा मरहठ्ठा खुशीछन् । अहिले पनि आफुले दिनमा २ घण्टा समय शर्मा होटलमा समय दिने गरेको बताउदै उनले भने कुटनीति नियोग, सरकारी र नीजि गाडी लिएर माछा–चप खान मलेखु आँउनछन् । सन्तोष पन्थ, दिपकराज गिरी, लिपा श्री लगायतका राष्ट्रिय कलाकार आउंछन । फिल्म सुटिङ पनि गरेकाछन् । यसले मलेखुको पहिचालन आर्थिक सम्वृद्धिमा सहयोग पुगेको छ । उनका समकक्षी साथी तत्कालिन प्रधानपञ्च एकराज सिलवाल भन्छन् त्यतीवेलाको माछा–चपमा पाईने स्वाद अहिले छैन । भर्खर बाटो खुलेको वेला शुरु गरेको व्यापार ३६ वर्षसम्म टिकेको मात्र छैन मलेखुको पहिचान बनाएको छ ।
अहिले त माछा–चप मलेखुको संस्कृति बनेको छ भन्छन् टिकादत्त त्रिपाठी । बावु व्यावसायबाट सिकेका व्यावसायिक ज्ञानलाई छोराहरुले पनि सुधारेर होटल नै गरेकाछन् । जेठा छोरा तुलसीले २०४८ सालबाट पर्यटकलाई लक्षित गरी मलेखुमै होटल हिलटप सञ्चालन गरिरहेकाछन् । अर्का छोरा रामजीले पनि २०५४ सालबाट पर्यटकलाई लक्षित गरी बैरेनीको मासटारमा ह्यामलेट रिसोर्ट सञ्चालन गर्दै आएकाछन्  कारोवार डेलि डट कममा खबर छापिएको छ ।