सदभाव गरीवी निवारण बहुउद्धेश्यिय सहकारीमा नयां नेत्तृत्व

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी–सदभाव गरीवी निवारण बहुउद्धेश्यिय सहकारी संस्थाको अध्यक्षमा नारायणकाजी सुवेदी चयन हुनु भएको छ । शुक्रवार गजुरी गाविसको वडा नम्बर १ गजुरी वजारस्थित आदर्श क्याम्पसको सभाकक्षमा सम्पन्न प्रथम साधारण सभाले सुवेदीको अध्यक्षतामा ११ सदस्यिय संचालक समितिको चयन गरेको हो । SAM_3908
साधारण सभाले संस्थाको उपाध्यक्षमा श्याम विसुन्के,सचिवमा भक्तवहादुर बस्नेत,कोषाध्यक्षमा ठुलीमाया तामाङलाई सर्व सम्मतवाट चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा भक्तकुमारी मगर,राममाया विक,अमृतवहादुर मगर,टिकाकुमारी वरुवाल,रुपेश तामाङ,जितवहादुर रसाईली र गणेश अधिकारी चयन भएका छन । संचालक समितिको चयन संगै साधारण सभाले ३ सदस्यिय लेखा समितिको पनि गठन गरिएको छ । अरुण पराजुलीको संयोजकत्वमा गठन गरिएको लेखा समितिमा इन्द्रवहादुर सुवेदी र सिर्जना मंग्राती सदस्यमा रहेका छन । त्यसैगरी सोही भेलाले भक्तलाल मगरको संयोजकत्वमा पांच सदस्यिय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा बिष्णुहरी चेपाङ, रेशमवहादुर वरुवाल, लालप्रसाद पोखरेल र धर्मवहादुर भुजेल रहेका छन ।
चेपाङ,दलित,अन्य जनजाती तथा व्राम्हण क्षेत्री समेत गरी कुल २ सय १९ जना सदस्य रहेको सहकारीको स्थापना गएको बैशाख ४ गते भएको थियो । गजुरी गाविस कार्यक्षेत्र रहेको सहकारी संस्था स्थापनाका लागि गरीवी निवारण कोषद्धारा संचालित गरीवी निवारण कार्यक्रममा आवद्ध गजुरी गाविसका २१ वटा सामुदायिक संस्थाको सदस्यहरुको सहभागिता रहेको छ ।
सहकारी ८१ लख ७ हजार ८ सय ६७ रुपैया कोषमा जम्मा गर्नुका साथै ६२ लाख ४६ हजार ६ सय २३ रुपैया सदस्यहरुका बिच ऋण लगानी गरेको छ ।