धादिङवारको अध्यक्षमा दुर्गा तिवारी

578 पटक पढिएको

सम्पादक: Dhading News

10309564_492104800889294_5116420490880942733_nधादिङ– धादिङ वार एशोसियशनको अध्यक्षमा दुर्गाप्रसाद तिवारी चयन हुनु भएको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न भएको वारको १५ औं अधिबेशन तथा २६ औं साधारण सभाले तिवारीको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको चयन गरेको हो ।
अधिबेशनवाट कार्य समितिको उपाध्यक्षमा रामकृष्ण अधिकारी,सचिवमा रामचन्द्र भट्ट,कोषाध्यक्षमा मेघराज दुवाडी र सदस्यहरुमा गोविन्दराज श्रेष्ठ,विश्वराज अधिकारी,भेषराज नेपाल,कृष्णराज अधिकारी र टंककुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ ।