सिड्स धादिङको आयोजनामा रोजगारमुलक तालिम संचालन

697 पटक पढिएको

सम्पादक: Dhading News

637ac3f04d25f9eada7058dc382c4a39महादेववेसी– व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ को साझेदारीमा सञ्चालन गरीएको ३ महिने आधारभुत र ४५ दिने अपग्रेडिङ व्युटीपार्लर तथा केश श्रृङगार तालिम सम्पन्न भएको छ ।
सिड्स धादिङको कार्यालय थाक्रे गाविस वडा नम्बर ३ महादेववेशीमा साउन १६ गते एक कार्यक्रमको आयोजना गरि तालिमको समापन गरिएकोहो । तालिममा थाक्रे,भुमेस्थान,गोगनपानी,तसर्पु गाविसका २२ जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए । तालिम समापनको अवसरमा सिप विकास तालिम केन्द्रका प्रमुख पुरुषोत्तम पाण्डेले प्रशिक्षार्थीहरुको लागी प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

एउटा तालिम समापन भएलगत्तै व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स) धादिङ को साझेदारीमा ६ महिने घडी,रेडियो,टिभि,मोवाइल मर्मत (इलेक्ट्रोनिक्स मेकानिक्स ) तालिमको शुरुवात गरिएको छ । यस तालिममा ४४ जना युवाहरुले प्रशिक्षण लिनेछन् । तालिम समापन तथा नयां तालिम उदघाटन कार्यक्रममा सिप विकास तालिम केन्द्रका प्रमुख पुरुषोत्तम पाण्डे,सिड्स धादिङका अध्यक्ष उर्मीला रेग्मी,सचिव अरुण कुमार लामा,प्रशिक्षक रिमा गुरुङ र भिम मगर को उपस्थिति रहेको र्सिड्स धादिङका सुचना अधिकृत गंगा सुवेदीले जानकारी दिनु भयो ।