सयपत्री सहकारीले पाँचौ वार्षिकोत्सव मनायो

569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, – पोखरा रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाले पाँचौ वार्षिकोत्सव मनाएको छ । सेती वारीको उत्कृष्ठ सहकारीका रुपले चिनिएको सयपत्री बचत तथा ऋण सहकारीले यस वर्षको मुनाफा १ करोड २ लाख रहेको बताएको छ । ५ सय १० जना सेयर सदस्य रहेको सहकारीको ५ करोड १३ लाख रुपैयाँ सेयर पुजी रहेको वार्षिकोत्सव कार्यक्रममा बताइएको थियो । १८ करोड ३४ लाख कर्जा लगानी गर्न सफल भएको सहकारीले आलु खेती, वातावरण मैत्री झोला, सेयर सदस्यका एसएलसी उत्तिर्ण छोराछोरी सम्मान, उज्यालो अभियानमा सोलार प्लान्ट जस्ता रचनात्मक कार्य गर्दै आएको छ । सहकारीका अध्यक्ष विजयनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव तथा अन्तरक्रिया कार्यक्रममा कर्मचारी एवं सञ्चालक समिति, सल्लाहकार, विभिन्न समिति तथा उपसमितिका पदाधिकारीहरुबीच सहकारी विकास, नेतृत्व विकास, आधुनिक सहकारीमा जीवन पद्धति, हाम्रो र राम्रो सहकारी सम्वन्धी शीर्षकमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सहकारीका सचिव तथा कार्यक्रम सञ्चालक धर्मदत्त ढुङ्गानाले जानकारी दिए । उक्त वार्षिकोत्सव कार्यक्रममा सस्थापक अध्यक्ष तथा सल्लाहकार रवीन्द्र बास्तोला, सल्लाहकार माधवप्रसाद बास्तोला ‘मधु’, प्रवन्ध निर्देशक तथा कोषाध्यक्ष धर्मप्रसाद बास्तोला, सहकारीका ब्यवस्थापक सुर्य घिमिरे लगायतले सहकारीको नीति र सेयर सदस्यको भावना अनुरुप सयपत्री सहकारीलाई अगाडि बढाउन सफल भएको बताएका थिए । सहकारीका १४ जना कर्मचारी सहभागी सो कार्यक्रममा भदौ मसान्तसम्ममा वार्षिक साधारण सभा सम्पन्न गर्ने समेत बताएका छन् । उक्त साधारण सभामा एसएलसी उत्तिर्ण सेयर सदस्यका छोराछोरी, आलुखेतीमा प्रथम, द्वितीय, तृतीय सहित ७ जनालाई सम्मान गरिने जनाएका थिए । सयपत्री सहकारीले सुविधा सम्पन्न सयपत्री पार्टी प्यालेस, गाई, बाख्रा, भैसी पालन, शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको तयारी गरेको सहकारीका सचिव ढुङ्गानाले जानकारी दिएका थिए । सयपत्री सहकारीले ५७ औं सहकारी दिवसको अवसरमा कास्की जिल्लाभरिबाट पदर्शन गरे मध्येबाट सयपत्री सहकारीले दोस्रो स्थान हाँसिल गर्दै सम्मनित भएको थियो ।