फोनिजको १५ औँ स्थापना दिवस ,धादिङमा चियापान कार्यक्रम

852 पटक पढिएको

२४ श्रावण २०७१, शनिबार १४:३७ सम्पादक: धादिङ न्यूज

10592844_328850550609026_8343585391588339724_nधादिङ ,साउन २४ – नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजको १५ औँ स्थापना दिवसको अवसरमा धादिङ, नुवाकोट र रसुवा जिल्लाको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको  विदुरमा विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।
दिवसको पूर्व सन्ध्यामा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज धादिङद्धारा  धादिङबेसीमा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम जानकारी गराइएको हो ।
दिवसको अवसरमा नुवाकोटको विदुरमा विभिन्न झाँकी सहितको साँस्कृतिक कार्यक्रम तथा आदिवासी जनजाती पत्रकारहरुको अवस्था तथा मुद्धाका विषयमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने आयोजक समितीले जानकारी दिएको छ । साथै कार्यक्रममा आदिवासी जनजातीहरुको वार्षिक कार्यनीति समेत प्रस्तुत गरिने जानकारी गराइएको छ ।
फोनिज धादिङले शनिबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा सहभागीहरुले आदिवासी जनजाती पत्रकारहरुलाई संगठित हुन सल्लाह दिएका छन् ।  साथै पत्रकारहरुको मुद्धालाई अगाडि बढाउन आदिवासी जनजाती पत्रकारहरु तल्लीन हुनु पर्नेमा जोड दिएको छन् । छापा तथा अनलाइन मिडियाहरुमा फोनिजको सक्रियता बढाउन र समाचार सम्प्रेशणमा बढी जोड दिन समेत आग्रह गरेका छन् ।
नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज धादिङका अध्यक्ष ठाकुर गुरुङको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष हरिशंकर गिदेल मगर, दिव्य दर्शन टेलिभिजनका प्रवन्ध निर्देशक पोशनाथ अधिकारी, रेडियो धादिङका स्टेशन राजाराम शर्मा, रेडियो बिहानीका सह स्टेशन म्यानेजर नारायण सिलवाल, नेपाल तामाङ घेदुङका अध्यक्ष अक्कल बहादुर तामाङ, नेपाल मगर संघ धादिङका  कुल बहादुर मगर, धादिङका पत्रकारहरु, जातीय संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।