नेपाल पत्रकार महासंघको सदस्यता नविकरण सम्वन्धि सूचना

1209 पटक पढिएको

२७ श्रावण २०७१, मंगलवार ०९:५१ सम्पादक: धादिङ न्यूज

नेपाल पत्रकार महासंघको विधान ( तेश्रो संशोधन २०७०) को परिच्छेद २ दफा ४ को उपदफा ५ को ६ वमोजिम सदस्यता प्राप्त गरि यस शाखामा कायम रहेका सम्पूर्ण सदस्यहरुको सदस्यताको अवधि २०७० चैत्र मसान्तमा समाप्त भईसकेको हुंदा सम्पूर्ण साधारण सदस्यहरुले २०७१ भदौ मसान्त भित्रमा आफ्नो सदस्यता नविकरण गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ ।
सदस्यता नविकरणका लागि सम्वन्धित सदस्य स्वयं नेपाल पत्रकार महासंघको जिल्ला शाखा कार्यालय धादिङमा उपस्थित भई आवश्यक कागजपत्रका साथ तोकिएको शुल्क सहित नविकरण फाराम पेश गर्नुपर्नेछ । सदस्यता नविकरणका लागि भर्नुपर्ने फाराम नेपाल पत्रकार महासंघको आधिकारिक वेभसाईट www.fnjnepal.org वाट डाउनलोड गरी वा जिल्ला शाखाको कार्यालयवाट समेत लिन सकिनेछ । २०७१ भदौ समान्त भन्दा पछि सदस्यता नविकरण नहुने व्यहोरा जानकारी गराईन्छ ।