सुन चांदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा पुनः सीताराम

548 पटक पढिएको

सम्पादक: Dhading News

SAM_4121धादिङबेसी–सुन चांदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा पुनः सीताराम वराईली चयन हुनु भएको छ । बुधवार राती अबेर सम्पन्न भएको संघको सातौं बार्षिक साधारण सभा तथा तेश्रो जिल्ला अधिबेशनको वन्द सत्रले वराईलीको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको सर्व सम्मत चयन गरेको हो ।
ती बर्षे कार्यकालका लागि चयन गरिएको कार्य समितिको उपाध्यक्षमा सुदिप रसाईली,सचिवमा लोकवहादुर सुनार,कोषाध्यक्षमा रमेश गुरुङ रहनु भएको छ । त्यसैगरी कार्य समिति सदस्यहरुमा गणेश वराईली,निरणकुमार घमाल,बुद्धिवहादुर सुनार,बकुल्ले सुनार,रामकृष्ण सुनार,रामचन्द्र सेन्चुरी,कुलवहादुर सुनार,मिनवहादुर सुनार र रामकुमार सुनार चयन हुनु भएको छ ।
अधिबेशनले एतवहादुर सुनारलाई बरिष्ठ सल्लाहकारमा र चन्द्रवहादुर सुनारलाई सल्लाहकारमा चयन गरेको छ । संघमा जिल्लाको विभिन्न स्थानमा रहेर सुन चांदीको गरगहना तयार पारी बिक्री बितरण गर्दै आईरहेका ९५ जना व्यवसायीहरु आवद्ध रहेका छन । अधिबेशनको धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटीले बुधवार उदघाटन गर्नु भएको थियो ।