धादिङेले गरे कार्यक्रमको समिक्षा

608 पटक पढिएको

सम्पादक: Dhading News

धादिङेले गरे कार्यक्रमको समिक्षा
-धादिङ, ३० साउन । जिल्ला विकास समिति धादिङले आफू र मातहतका सरकारी तथा गैरसरकारी संघसंस्थाले आर्थिक वर्ष २०७०\०७१ मा सम्पन्न गरेको कार्यक्रम तथा क्रियाकलापको २ दिनसम्म समिक्षा गरेको छ । वार्षिक समिक्षामा सरकारी कार्यालय १८ वटा र गैरसरकारी कार्यालय २७ वटाको सहभागिता रहेको थियो ।
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय नुवाकोट र सरकारी परिसरमै रहको नेपाल विद्युत प्राधिकरण धादिङ शाखा र वार्षिक कार्यक्रम पेश गर्ने तथा जिल्ला विकास समितिको सम्पर्कमा रहेका २६ गैरसरकारी संघसंस्थाहरु अनुपस्थित रहेको जिविसले जानाकारी गराउन साथ सरोकारवालाले उनीहरुलाई पून वोलाएर समिक्षा गराउन पर्ने धारण राखेका थिए ।
समिक्षा कार्यक्रममा सहभागि संस्थाको प्रगति समिक्षा सुन्नेहरुले कृषि तथा खाद्य सुरक्षाका क्षेत्रमा काम गर्ने संस्थाहरु न्यून रहेको र सचेतना तथा क्षमता अभिवृद्धि गर्ने गर्ने नामा सरकारी र गैरसरकारी संघसंस्थाले प्रतिस्पर्धा गरेर खर्च गरेको बताए । जिल्ला विकास समितिको आन्तरिक स्र्रोत भौतिक पूर्वाधारमा खर्च भएको छ ।
जिल्लामा कृषकहरुकै पहलमा देखे सिकेका र कृषि विकास कार्यालय र पशु सेवा कार्यालयको पहलमा २१ गाविस र १ नगरपालिकाका कृषकले ४ अरव भन्दा बढी मूल्यको कृषिउपज बस्तु विक्री गर्नु सकारात्मक भएको सरोकारवालहरुले बताए । आगामी वर्ष कृषि तथा खाद्य सुरक्षा कार्यक्रम तथा उत्पादनमूलक काममा बजेट बढाउन सरकारी तथा गैरसरकारी संघसंस्थालाई सरोकारवालाहरुले आग्रह गरेकाछन् । प्रगति समिक्षामा सहभागि सडक विभाग भरतपुर र शहरी विकास तथा भवन निमार्ण विभाग नुवकोटले गरेको काममा चित्त नवुझेको भन्दै १५ जना भन्दा बढीले प्रश्न गर्दै संस्थागत अनियमितता गरेको कागजमा मात्र काम सम्पादन गरेको फिल्डमा काम नभएको गुनासो गरेका थिए ।
प्रगति समिक्षाका प्रमुख अतिथि गुरु प्रसाद वुर्लाकोटीले जिल्लाको समग्र विकासमा फरक फरक पार्टीबाट संविधान सभामा प्रतिनिधित्व गर्ने जिल्लाका सातै जना सभाषद एक भएर प्रस्तुत भईरहेका छौ र हुने प्रतिवद्धता व्यक्त गर्दै जलाशययुक्त बुढी गण्डकी आयोजना सञ्चालन गर्न लागिरेहको बताए । नतिजामुखी कार्य सम्पादन गर्ने कार्यालय तथा संस्था र कर्मचारीलाई वार्षिक समिक्षिामा सम्मान तथा पुरस्कृत गर्न प्रस्ताव गर्दै यस वर्ष दोहोरो अंक नतिजा  वृद्धि गर्ने राष्ट्रियस्तरमै सवै भन्दा बढी ५७ प्रतिशत एसएलसी  ल्याउने जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीलाई गर्न उपयुक्त हुने बताए । प्रगति समिक्षामा सभाषदहरु दिलमान पाख्रीन, रविन्द्र प्रताप शाह र परशुराम तामाङ र प्रमखु जिल्ला अधिकारी दिपकराज नेपालको आतिथ्यता रहेको थियो कारोवार डेलि डट कमले खबर लेखेको छ ।