सानिमा वैंक स्थापनाको दशौं बर्षको अवसमा निःशुल्क आंखा शिविर

683 पटक पढिएको

सम्पादक: Dhading News

SAM_4201सांघुटार –सानिमा बैक स्थापनको दशौं बार्षिकोत्सवको अवसर पारेर सानिमा बैक लिमिटेड धादिङ शाखाले आईतबार आंखा शिविर सम्पन्न गरेको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटार कृष्ण मन्दिरमा  आयोजित मेलामा शिविरको आयोजना गरी आंखाका विरामीहरुलाई सेवा प्रदान गरिएको हो ।
सांघुटार समाज सुधार समिति र सानिमा बैकको सहकार्यमा सम्पन्न भएको आंखा शिविरमा ४ सय २७ जनाको आंखा परिक्षण गरिएको थियो । शिविरमा तिलगंगा आंखा प्रतिष्ठान र धादिङ सामुदायिक आंखा केन्द्रले प्राविधिक सहयोग गरेको थियो भने धादिङ सामुदायिक आंखा केन्द्रका इन्चार्ज रामसिहं तामाङको नेत्तृत्वमा रहेको चिकित्सकहरुको टोलीले विरामीको आंखा परिक्षण गरेका थिए । आंखा परिक्षण गरिएका मध्ये ७ जनामा मोतियाविन्दुको समस्या देखिएकाले थप उपचारका लागि केन्द्रले सहयोग गर्ने भएको छ । शिविरमा आंखा परिक्षण गरिएका विरामीहरुलाई औषधि निःशुल्क वितरण गरिएको सानिमा बैकका शाखा प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिनु भयो ।