एकै बेतमा चारवटा पाठापाठी

513 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एकै बेतमा चार पाठापाठी  धादिङको बैरेनी गाविस ९ महेशदनेभानकी मैया हमालले पालेको वाख्राले एकै वेतमा २ पाठा र २ पाठी पाएको छ ।  तस्बिर : देविवहादुर मल्ल -महेशदोभान

महेशदोभान –झट्ट सुन्दा अचम्म लाग्न  सक्छ, पत्याउन पनि गाह्रो हुन्छ । एउटा बाख्राले एकै चोटी वा एकै बेतमा कति वटासम्म पाठा÷पाठी जन्माउँछ ? हामी सोझै अनुमान गर्न सक्छौँ एउटा, दुईवटा, तीनवटा सम्म । तपाईको अनुमान लाई गलत सावित गर्दै धादिङको बैरेनी गाविस वडा नम्बर ९ महेशदोभानमा वाख्राले एकै बेतमा चारवटा पाठा÷पाठी पाएको छ ।
महेशदोभानका स्थानीय मैया हमालको घरमा पालिएको बाख्रीले एकै बेतमा दुई वटा पाठा र दुईवटा पाठी गरी चारवटा पाठा÷पाठी जन्माएको हो । भदौ १ गते सो बाख्रीले एकैचोटी चारवटा पाठा÷पाठी जन्माएको हो । सबै पाठा÷पाठी राम्रो अवस्थामा रहेको र सवैलाई माउको दुधले धानीरहेको पनि हमालले वताउनु भयो ।
चारवटा पाठापाठी जन्माएको यो वाख्रीले अहिले सम्म सात वेत व्याएकोमा २ पटक २ वटा, ४ पटक ३ वटा जन्माएको हमालले जानकारी दिनु भयो । हमालले स्थानीय जातको वाख्रा पाल्दै आउनु भएको छ ।एकै पटकमा चारवटा पाठा पाठी जन्माएको खबर पछि सो बाख्री हेर्नका लागि दिनहुं मानिसहरु आउने गरेको हमाल बताउनुहुन्छ ।