नारायणी क्लस्टर प्रोवेशन साकोषको पाचौ समिक्षा बैठक धादिङ वेसीमा

780 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10483159_1523954651169531_4746766735218027166_nधादिङ-स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि धादिङको आयोजनामा नारायणी क्लस्टर प्रोवेशन साकोषको पाचौ समिक्षा बैठक शनिवार  धादिङ वेसीमा सम्पन्न भएको छ । स्रोत परिचालन संस्थाका अध्यक्ष नवराज शर्माको सभापतित्वमा सम्पन्न समिक्षा बैठकमा डिभिजन सहकारी कार्यालय धादिङका प्रमुख कृष्ण बोहराको प्रमुख आतिथ्यता रहेको थियो ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ काठमाडौका कार्यक्रम अधिकृत दुर्गा प्रसाद ढकालको विशेष आतिथ्यता रहेको बैठकमा संस्थाका शिक्षा समितिका संयोजक कविता थापाले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बोहराले सहकारीको गोपनियताको कारण सहकारी संस्थाले सुध्रने मौका पाउने र सहकारी सक्षम हुन सहकारीको निति नियम, विनियम राम्रो हुनुपर्ने बताउनु भयो ।
समिक्षा बैठकमा लुम्बिनी साकोष, बुटवल, जनउत्थान साकोष, रुपन्देही सिर्जनात्मक साकोष, लम्जुङ, ग्रामिण साकोष, वर्दघाट नवलपरासी, सिनर्जी साकोष, कपिलवस्तु, चित्रवन साकोष, चितवन , सिद्धार्थ साकोष, कपिलवस्तु, साहारा महिला साकोष, धादिङ, कृषक उपकार साकोष, चितवन , ग्रामिण साकोष, पिप्ले चितवन, श्रोत परिचालन साकोष, धादिङ गरी १२ वटा साकोषहरुको अध्यक्ष तथा व्यवस्थापकको सहभागी रहेको थियो । सहभागी साकोषहरुले आ आफ्नो आर्थिक तथा कार्य प्रतिवेदन प्रस्तुत गरेको थिए साथै सोही प्रतिवेदन माथि छलफल र विश्लेषण गरिएको थियो । विशेषत बचत तथा ऋणको बारेमा छलफल गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष नवराज शर्माले संस्था प्रोवेशनमा गएपछि सहकारी सुधार भएको बताउनुभयो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ काठमाण्डौको सहयोगमा सम्पन्न भएको श्रोत परिचालन सहकारीले जनाएको छ ।