सिड्स धादिङमा उर्मिला, आईसिडिसीमा गोपाल अध्यक्षमा पुन: चयन

576 पटक पढिएको

सम्पादक: Dhading News

1621881_10202695199916781_1680222964913106147_nधादिङ / धादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्था चन्द्र ज्योती एकीकृत ग्रामीण विकास समाज (सिर्डस) धादिङको अध्यक्षमा पुन उर्मिला रेग्मी चयन हुनु भएको छ ।
शुक्रवार थांक्रे गाविसको महादेवबेसीमा सम्पन्न भएको संस्थाको २० औं बार्षिक साधारण सभा तथा अधिबेशनले रेग्मीको अध्यक्षतामा नयां कार्य समितिको चयन गरेको हो । अधिबेशनले संस्थाको उपाध्यक्षमा राजु परियार,सचिवमा गोकर्ण रुपाखेती,कोषाध्यक्षमा शुभद्रा थापालाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा नवराज अर्याल,राजेन्द्र विश्वकर्मा,फुलमाया तामाङ,माधव खतिवडा र सुयसबित्रलम राणा चयन हुनु भएको छ ।
अधिबेशनको धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्ट,बरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगत र जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले संयुक्त रुपमा २० वटा मैनबत्ती वालेर उदघाटन गर्नुभएको थियो । अधिबेशनको उदघाटन सत्रलाई नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, युएमएन धादिङका कार्यक्रम अधिकृत कृष्ण मल्ल,गैसस धादिङका सदस्य शिलास तामाङ,संस्थागत विकास सञ्जालका कार्यकारी निर्देशक वालकृष्ण महर्जन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सिर्डस धादिङले विभिन्न दातृ निकायको सहकार्यमा जिल्लाको २७ वटा गाविसमा कार्यक्रम संचालन गर्दै आईरहेको संस्थाका अध्यक्ष रेग्मीले जानकारी दिनु भयो । अधिबेशनको वन्द सत्र शुरु हुनुअघि संस्थाको सामाजिक लेखा जोखा समेत गरिएको थियो । यसैगरी अधिबेशनको अवसर पारेर संस्थाका पुर्व अध्यक्ष उत्तम पौडेललाई सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
10562972_1526062797609404_8478207578354075867_nयसैगरी जिल्लामा कृयाशिल अर्को गैर सरकारी संस्था एकीकृत सामुदायिक विकास अभियान (आईसिडिसी) धादिङको पनि शनिवार छैटों अधिबेशन सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बगैचामा सम्पन्न भएको अधिबेशनले संस्थाका सस्थापक अध्यक्ष गोपाल लम्साललाई पुन अध्यक्षमा चयन गरेको छ ।
अधिबेशनले उपाध्यक्षमा बमवहादुर थापा,सचिवमा परशुराम दुवाडी,सह सचिवमा विनोद रिजाल,कोषध्यक्षमा प्रमिला श्रेष्ठ र सदस्यहरुमा पम्फा मग्राती, ज्ञानु कंडेल,नवराज लम्साल र गोपाल गुरुङ चयन हुनु भएको छ ।