बाल उत्सवमा कार्यक्रममा ३७ हजार रुपियाँ संकलन
692 पटक पढिएको

बाल दिवसको अवसरमा धादिङबेसीको क्याम्पसचोकमा आयोजित उक्त कार्यक्रममा विभिन्न स्कुलका बालबालिकाले आफ्नो कला प्रस्तुत गरेका थिए। चाइल्ड युनिटी धादिङको संयोजनमा आयोजित कार्यक्रममा ‘रिचिङ आउट युथ’ले दस हजार रुपिया सहयोग गरेका थिए।
जीर्ण बन्दै गएको बहिरा स्कुललाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको युवा सञ्जाल धादिङका संस्थापक अध्यक्ष गणेश ढुंगानाले बताए। उनले जनताको सानो सहयोगले त्यहाँका ४८ जना बहिरा विद्यार्थीलाई पढ्न सहयोग पुग्ने बताए।
उनले जिल्ला बाल कल्याण समिति र जिल्ला प्रशासन कार्यलयको असहयोगका बावजुद आफूहरुले बाल उत्सव कार्यक्रम आयोजना गरेको बताए। उनले यो कार्यक्रम बालकल्याण समिति र जिल्ला प्रशासन कार्यालयलाई चुनौती दिन आयोजना गरिएको बताए।
‘उनीहरुको असहयोगका बावजुद पनि कार्यक्रम आयोजना गरी देश समृद्ध बनाउन सकिन्छ,’ बेटर धादिङ अभियानमा समेत लागेका ढुंगानाले भने, ‘शिक्षाबिना मानिसको जीवन अन्धकार भएकाले सबै तहतप्काका बालबालिकालाई शिक्षाको पहुँच दिलाउनुपर्छ।’
कार्यक्रममा मिस टिन रोमी घिमिरे, युवाका अध्यक्ष कञ्चन खरेल, साथीसँग मनका कुराका प्रस्तोता आयुष श्रेष्ठ, पत्रकार मदन चौधरी र ‘रिचिङ आउट युथ’का प्रविण श्रेष्ठ र पवित्रा बस्नेतको उपस्थिति थियो नागरिक न्युज डट कमले खबर लेखेको छ ।