सात करोड वर्ष पुरानो डाइनोसरको अवशेष भेटियो
744 पटक पढिएको

उक्त डाइनोसरको जीवावशेषको लम्बाई २६ मीटर र तौल ६० टन रहेको बताइएको छ । फेला पारिएको जीवाशेषमा ७० प्रतिशत हड्डी रहेको र निकै डरलाग्दो देखिएको बैज्ञानिकहरुले बताएका छन् ।
पैटागोनियन पहाडी इलाका बिनाशकारी बाढीपछि उजाड भएको क्षेत्र पर्दछ । अमेरिकाको फिलाडेल्फिया राज्यस्थित ड्रेक्सल युनिभर्सिटी अफ केनिथको बैज्ञानिक टोलीले गरेको अनुसन्धानका क्रममा उक्त जीवावशेष फेला पारिएको हो ।
यसभन्दा अगाडी दक्षिण अमेरिकामा अर्जेटीनोसरस नामक सबैभन्दा ठूला जीवाशेष फेला पारिएको थियो । जसको तौल एक सय टन थियो । एजेन्सी