साना किसान कृषि सहकारीमा सामाजिक लेखा जोखा

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ –साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङको आर्थिक बर्ष २०७०÷७१ को सामाजिक लेखाजोखा कार्यक्रम शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ ।
संस्थाको आगामी योजना तयार गर्न, संस्थागत, पारदर्शिता शुसासन कायम गरी उत्तरदायित्व प्रवर्धन गर्ने मुख्य उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्नु हुँर्दै जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रचार अधिकृत दुर्गादत्त पन्थीले धादिङ जिल्लाका अधिकांश किसानहरु तरकारी खेतीमा आकर्षित भए पनि किसानहरुमा अर्गानिक खेती गर्ने तर्फ कमै मात्र चासो रहेको वताउनु भएको थियो । कार्यक्रममा वोल्दै पन्थीले धादिङ जिल्लामा अर्गानिक खेतीको लागि आवश्यक पर्र्नेे कुराहरु अपुग भएकाले अबको ४ बर्ष पछि मात्र यस जिल्लालाई अर्गानिक खेती बनाउन सकिने बताउनु भएको थियो । सोही कार्यक्रमका सहभागी किसानहरुले अर्गानिक तरकारी खेती तर्फ जान चाहरे पनि उत्त्पादन वजार सम्म लैजांदा मुल्यको समस्या भोग्नु पर्ने समस्या भएकाले जति सक्दो छिटो यस जिल्लालाई अर्गानिक खेतीयुक्त जिल्लाको रुपमा घोषणा गरि आवश्यक पुर्वाधार निर्माणका लागि माग गरेका थिए । कार्यक्रममा सामाजिक लेखाजोखाको चरण, सामाजिक लेखा परीक्षणको छनौट, लेखा परीक्षण,सामाजिक लेखाजोखामा सहभागिताले विचार पुर्याउनु पर्ने विषय, सामाजिक लेखाजोखाको उद्धेश्य लगायत विविध विषय बस्तुहरुको बारेमा साना किसान कृषि सहकारी संघ लिमिटेडका प्रकाश ढकाल, र कमला हुमागाईले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो कोसोक नेपालका उपाध्यक्ष सीताराम अधिकारीले सार्वजनिक लेखा जोखाको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।

साना किसान कृषि सहकारी संघ लिमिटेड धादिङका अध्यक्ष शिव भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय धादिङका कृषि प्रचार अधिकृत दुर्गा दत्त पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा यू.एम.एन धादिङका रामजी भण्डारी, डिभिजन सहकारी कार्यालय धादिङका रामचन्द्र अर्याल, समग्र विकास नेपालका कार्यक्रम संयोजक कवि पुडासैनी, विभिन्न राजनीतक दलर्का प्रतिनिधिहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।