‘भिनाजुको नाइटो’ लोकार्पण
825 पटक पढिएको

धादिङ, – धादिङवेसीस्थित निलकण्ठ क्याम्पसमा अध्यापनरत लोकनाथ रिजालद्वारा लिखित ‘भिनाजुको नाइटो’ नामक कथासङ्ग्रह असोज ९ गते विहीवार लोकार्पण गरिएको छ ।
धादिङ सिर्जना प्रतिष्ठानको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा उक्त सङ्ग्रह प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले लोकार्पण गर्नुभएको हो । सङ्ग्रहमा २१ वटा कथा समावेश गरिएको छ ।