छोराले मार्यो बाबु , आमा छोरीले पिए बिष

579 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२२ असोज ः धादिङ जिल्लाको भुमेस्थान गाविस वडा नं. ३ इजारा स्थित सुनारगाउँमा छोरा धु्रवबहादुर सुनारले घरायसी झगडाका कारण आफ्नै बाबु ५५ बर्षिय कृष्णबहादुर सुनारको घांटी रेटी हत्या गरेका छन । छोराले श्रीमानको हत्या गरेको विभत्स दृष्य सहन नसकि ५० बर्षिया श्रीमती बृन्दा सुनार र बृन्दाकी छोरी २३ बर्षिया बट्टाईले पनि संगै विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन । बिष सेवनवाट गम्भिर भएका आमा छोरीको काठमाण्डौको विर अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।
असोज २१ गते मंगलवार सांझ ६ वजे तिर घरमा कोही नभएको वेला पारी ध्रुवले वावुलाई चक्कुले घांटी रेटी हत्या गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक प्रेमवन्धु पोखरेलले बताउनु भयो । बाबुको हत्या पछि भाग्दै गरेका ३२ बर्षिय ध्रुवलाई स्थानीयको सहयोगमा मंगलवार रातीनै प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलवार दिउंसो दशैंको टिका लगाउन छोरी बट्टाई श्रीमान सहित माइत आएकी थिइन । छोरी ज्वाईलाइ टिका लगाई ५ बजे तिर कोठामा सुत्न गएका कृष्णवहादुरलाई घरमा मानिसको चहलपल घटेपछि छोराले कोठामा पसि चक्कुले घांटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको पनि प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो । कोठामा सुतिरेहका कृष्णवहादुरको हत्या भएको देखेपछि परिवारका सदस्यहरुले गाउंलेहरुसंग गुहार मागेका थिए । बाबुको हत्या आंफुले गरेको र हल्ला गरें अरुलाई पनि काटिदिने धम्किदिंदै ध्रुवले आतंक मच्चाउंदै केही बेर घटनास्थल नियन्त्रणमा लिएको स्थानीयले वताए ।
एकै छिन अघि परिवारका सवैजना एकै ठाउंमा बसेर टिकाटालो गरेर छुटेकोमा तुरुन्तै घाँटीरेटी हत्या भएको दृष्य देखेपछि कृष्णवहादुरको श्रीमती वृन्दा र छोरी बट्टाईले तरकारीमा प्रयोग गर्नका लागि घरमा ल्याई राखिएको विषादी सेवन गरेको प्रहरीले जनाएको छ । बिषादी सेवनवाट गम्भिर हुन पुगेका आमा छोरीलाईनै तुरुन्तै उपचारका लागि काठमाण्डौं पठाईएको थियो । वृन्दाको अवस्था चिन्ताजनक हुंदै गएपछि विर अस्पतालमा आइ.सि.यू.मा राखेर उपचार भइरहेको छ भने छोरीको अवस्था भने सामान्य हुंदै गएको पनि प्रहरीले जनाएको छ । कृष्णवहादुरको शव पनि पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।