बेल्खुमा सडकबाट बस खस्यो, २२ घाईते ४ को अवस्था गम्भीर

401 पटक पढिएको

सम्पादक: Dhading News



धादिङ,२२ असोज ः पृथ्वी राजमार्ग अन्र्तगत पर्ने धादिङको पीडा गाविसका वडा नम्बर –१ बेल्खुमा यात्रु वाहक बस सडकबाट खस्दा २२ जना घाइते भएका छन् । घाइते मध्ये ४ को अवस्था गम्भीर रहेको छ ।
गोरखाबाट काठमाडौँका लागि छुटेका ग १ ख ४८३९ नम्बरको बस बुधवार दिउँसो १२ ३० वजे तिर अनियन्त्रित भई सडकबाट २० मिटर तल खेतमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका मध्ये गम्भिर अवस्थाका ४ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटनामा परे लगत्तै आदमघाट स्थित शशस्त्र प्रहरी वलको राजमार्ग सुरक्षा वेस क्याम्पवाट खटिएको शशस्त्र प्रहरी टोलीका साथै स्थानीयवासीले घाईतेहरुको उद्धार गरेका थिए ।