नीलकण्ठ नगरपालीका –१३ मधुवनमा एक शिक्षकको हत्या

696 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २३ असोज  – धादिङका एक शिक्षकको विभत्स हत्या गरी घर नजिकै फालिएको अवस्थामा फेला परेको छ ।
नीलकण्ठ नगरपालीका –१३ मधुवनमा रहेको पञ्चकन्या निम्न माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भरत सारु मगरको घर नजिकै विभत्स तरिकाले हत्या गरी फालिएको अवस्थामा परेको हो ।

मधुवन नै घर भएका २५ वर्षिय भरत सारु मगरलाई अज्ञात समुहले धारिलो हतियारको प्रयोग गरी घर नजिकैको कोदो बारीमा मारेर फालिदिएको अवस्थामा भेटिएको थियो । मगरको बुधबार राति हत्या भएको र मृतकको घाँटीमा बन्चरोको चोट रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकका आमाका अनुसार बुधबार बेलुकी खाना खाई सकेपछी एक जान गाँउकै व्यक्तिले फोन गरी बोलाएको र पछि सो व्यक्ति घरबाट छोरो नफर्किएपछि खोजी गर्दा भोलिपल्ट विहान कोदो बारीमा मृत अवस्थामा फेला परेको हो । हत्यामा सम्लग्नहरुको खोजी भई रहेको धादिङ प्रहरीका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभएको छ । फोन गरी भरत मगरलाई बोलाउने व्यक्ति फरार रहेको पनि प्रहरीले जानकारी दिईएको छ ।

नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारीले प्रेश विज्ञप्ती जारी गर्दै स्वतन्त्रपूर्वक वाँच्न पाउने अधिकार कुण्डित गरी विभत्स हत्या गर्नेको खोजी गरी तत्काल कानुनी प्रक्रियामा ल्याउन स्थानीय प्रशासन सँग माग गर्नु भएको छ । त्यस्तै नेपाल शिक्षक सँघ धादिङले विज्ञप्ती मार्फत घटनाप्रति भत्र्सना गरेको छ ।