सहमति नभए प्रक्रियामा गएर संविधान जारी गर्नुपर्छः पोखरेल

462 पटक पढिएको

सम्पादक: Dhading News

1902744_691541667599220_2284832199823594065_nधादिङ, २४ असोज । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पत्रकाहरु आफ्नो पेसाप्रति जिम्मेवार र पेसागत क्षमतामा दक्ष हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी धादिङको सातौँ जिल्ला अधिवेशनको आज धादिङबेंसीमा उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । फरक प्रसङ्गमा उहाँले सहमति नभए प्रक्रियामा गएर संविधान जारी गर्ने कुराको एकीकृत नेकपा (मामाओवादी)ले विरोध गर्नुको कुनै तुक नरहेको बताउँदै एमाओवादी पनि सहमति नभए प्रक्रियामा जाने विश्वास व्यक्त गनुृभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यद्वय राजेन्द्र पाण्डे र खेमप्रसाद लोहनी, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल, सभासद् गुरुप्रसाद बुर्लाकोटी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, लायतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आवश्यकतामाथि जोड दिनुभयो ।

कार्यक्रममा प्रेस चौतारीमा क्रियाशील गायत्री खतिवडालाई रु पाँच हजार ५५५ राशिको ‘क्रियाशील पत्रकारिता पुरस्कार’ र प्रेस चौतारीको सङ्गठन विस्तार तथा सङ्गठनात्मक विकासमा सहयोग पुर्याएबापत पूर्व अध्यक्ष रमेश अधिकारी, केशव दुवाडी, सीताराम अधिकारी, केशव अधिकारी र खतिवडालाई सम्मान गरिएको थियो ।