भरतबहादुर सारु हत्या बिषयमा एकीकृत माओवादी धादिङको पत्रकार सम्मेलन

569 पटक पढिएको

सम्पादक: Dhading News

10612996_719469508132156_4990012836564962936_nअसोज २८ धादिङबेसी । एकीकृत नेकपा माओवादी धादिङले आज पत्रकार सम्मेलन आयोजना गर्यो । एमाओवादी साँङ्कोस गाविसका अध्यक्ष हरि गुरुङलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै पत्रकारलाई जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरेको हो ।
आश्विन २२ गते नेपाली काँग्रसका कार्यकर्ता भरतबहादुर सारु मगरलाई इन्दबहादुर गुङले धारिलो हतियार प्रयोगगरी हत्या  गरेका थिए । अहिले गुरुङ प्रहरी हिरासतमा छन् ।  गुरुङले आफनी श्रीमतीलाई जबरजस्ती रुपमा धाक धम्की दिदै पटकपटक शारिरिक सम्पर्क गर्दै आएपछि सहन नसकी हत्या गरेको बताएका छन् । तर नेपाली काँग्रेस धादिङले भने हत्याहुनुमा एमाओवादीका हरि गुरुङको समेत हात रहेको भदै प्रहरीमा जाहेरी दिन लागाएको थियो ।
पत्रकार सम्मेलनमा एमाओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले हत्या नितान्त पारिवारीक रुपमा भएको स्पष्ट भैसकेको र इन्द्रबहादुर गुरुङले आफैले गरेको स्वीकारी सकेको अवस्थामा फेरि हाम्रा कार्यकर्तालाई मुद्धालाउन खोज्नुले जिल्लामा हुँदै आएको राजनीतिक दलहरु बीचको सहमति सहकार्यमा वाधा पुग्न सक्ने बताउनु भएको थियो । साँङ्कोसमा हरि गुरुङलाई मुद्धालाएर एमाओवादीलाई कामजोर पार्ने काँग्रेसको योजना हो यसले एमाओवादी झनै जनतामा स्थापित हुने र काँग्रेस आफै कमजोर हुने बताउनु भएको थियो । भण्डारीले यस्ता भ्रामक झुट र कपोकल्पीत आरोपमा दिएको हरि गुरुङको नाम जाहेरी फिर्ता लिन समेत आग्रह गर्नु भएको थियो ।
साथै पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा असोज २२ गते रातको समयमा साङ्कोस निवासी भरतबहादुर सारुमगरको हत्या भयो । उक्त घटनाका हत्यारा ईन्द्रबहादुर गुरुङले प्रहरी सामु आफैले हत्या गरेको स्वकारी सकेका छन् । हत्यारा इन्द्रबहादुर गुरुङकी श्रीमती लाई पटक–पटक धाक धम्की दिदै अनैतिक सम्पर्क गर्दै आएकोले आफुले सहन नसकी हत्या गरेको बताई सकेका छन् । नितान्त पारिवारीक रुपमा घटेको घटना हत्यारा प्रहरीको कठघरामा उभिसकेको छ । तर पनि यस घटनालाई नेपाली काँग्रेसले राजनीतिकरण गर्दै हाम्रा कार्यकर्ता हरि गुरुङलाई मुद्धा लगाउनु खेद जन्य छ । उक्त घटना भएको रात ससुराली गएका गुरुङलाई कतिथ योजनाकार भनि मुद्धामा किटानी जाहेरी दिएकोले कपोल कल्पित आरोपको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ भनिएको छ ।