अन्तरपार्टी महिला सञ्जाल धादिङमा सम्झना रिजाल

504 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ–अन्तरपार्टी महिला सञ्जाल धादिङको अध्यक्षमा एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य सम्झाना रिजाल चयन हुनुभएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको सञ्जालको तेश्रो जिल्ला अधिबेशनले रिजालको अध्यक्षतामा १५ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको हो ।
अधिबेशनवाट सर्वसम्मतरुपमा चयन भएको जिल्ला कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सुमित्रा सिंह ठकुरी,सचिवमा सीता कार्की,सह सचिवमा गोमा लामिछाने र कोषाध्यक्षमा फिक्जा तामाङ रहनु भएको छ ।यसैगरी कार्य समितिको सदस्यहरुमा भने गंगा श्रेष्ठ,भगवती पौडेल,दिपा सिम्खडा,अम्विका अधिकारी,सरिता थापा,खिलकुमारी तिवारी,सीता श्रेष्ठ,सविता अर्याल,राधा अधिकारी र कल्पना श्रेष्ठ चयन हुनु भएको छ ।
सञ्जालका अध्यक्ष सविता अर्यालको अध्यक्षतामा भएको अधिबेशनको प्रमुख अतिथीमा एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवम सञ्जालका केन्द्रिय सदस्य पुर्व मन्त्री कल्पना धमला रहनु भएको थियो । यसैगरी संजालका अर्का केन्द्रिय सदस्य राधा कायस्थका साथै जिल्लाका राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।