सार्वजनिक सुनुवाई सम्बन्धी जिल्ला विकास समितिको कार्यालय धादिङको जरुरी सूचना

865 पटक पढिएको

२१ कार्तिक २०७१, शुक्रबार १९:१२ सम्पादक: धादिङ न्यूज

जिल्ला विकास समितिको कार्यालय, गाउँ समितिहरु, विषयगत कार्यालयह एवं गैरसरकारी निकायहरुको सेवा प्रवाह एवं संचालित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा सरोकारवालाहरु विच दोहोरो अन्तर सम्वाद गरी गुनासा एवं सुझावहरुको यथोचित समाधान खोजिने भएकोले कार्यक्रममा उपस्थित हुन सेवाग्राही, उपभोक्ता समिति, वडा नागरिक मन्च, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, विकास प्रदायक सरकारी तथा गैरसरकारी निकायहरु, पत्रकार लगायत आम सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गरिन्छ ।
सार्वजनिक सुनुवाई हुने स्थान, मिति र समय
मिति : २०७१ कार्तिक २८ गते
स्थान :चरौदी बजार, धुषा
समय : विहान ११:०० बजे देखि