विप्लवसंगै काे काेले छाडे माओवादी ?

858 पटक पढिएको

९ मंसिर २०७१, मंगलवार ०६:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ८ मंसिर – नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले अध्यक्ष मोहन वैद्यलाई सँगै बस्न नसक्ने भन्दै पत्र दिएपछि अलग पार्टी निर्माणको प्रयास थालेका छन् । विप्लव समुहले केही दिनपछि छलफल गरेर आफ्नो योजना सार्वजनिक गर्ने बताएको छ ।

विप्लव समूहका एक नेताका अनुसार केन्द्रीय समितिका ७२ जनाले पार्टी छाडेका हुन् । माओवादीको १ सय ५१ सदस्यीय केन्द्रीय समितिका ४३ जना पूर्ण केन्द्रीय सदस्यमध्ये १४ जना र २९ जना वैकल्पिक केन्द्रीय सदस्यले विप्लवसंगै पार्टी छाडेको ती नेताले दावी गरे । तर यसमा थपघट हुन सक्ने उनले बताए । चन्द समूहमा देखिएका केन्द्रीय समितिका पूर्ण सदस्यहरुको नाम हेर्नुहोस् चक्रपथ डट कमले खबर छापेको छ । ?

नेत्रविक्रम चन्द विप्लव
खड्गबहादुर विश्वकर्मा
ईश्वरी प्रसाद दाहाल
अनिल शर्मा विरही
जयपुरी घर्ती
सन्तोष वुढा मगर
चिरन पुन
हर्कबहादुर शाही
सरला रेग्मी
उमा भुजेल
पदम राई
वावुराम नेपाली
लक्ष्मण पन्त
भरत वम