घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

1102 पटक पढिएको

१४ मंसिर २०७१, आईतवार २२:०८ सम्पादक: धादिङ न्यूज

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ ।

मातृभाषा अन्तर्गत एकै भाषाको ७ भन्दा बढि कविताहरु प्राप्त भएमा छुट्टै मूल्याङ्कन गरि पुरस्कृत गरिनेछ । कविता प्राप्त हुनुपर्ने अन्तिम दिन १५ मंसिर ०७१ (01 Dec 14) । प्राप्त कविताहरु महासङ्घको वेवसाइटमा उपलब्ध हुनेछन् । तपाईको कविता आजै इमेल गर्नुहोस ।

पुरस्कारहरुः प्रथम, दोस्रो र तेस्रो क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार । उत्कृष्ट १० कवितालाई चाइनीज र हिन्दीमा अनुवाद गरि संग्रह प्रकाशित गरिनेछ ।

सम्पर्कः 
E-mail: [email protected], Skype: nepaliliterature, facebook.com/gfnl.nepaliliterature
फोन नं. 0044 7454496699/07456719717 (UK), 9851130746 (Nepal)

आयोजक
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति, www.gfnl.org

सहआयोजकः 
१. मातृभूमिको लागि युवा अभियान
२. नेपाली आसम साहित्य परिषद
३. अनेसास, ताइवान
४. साहित्य विकास परिषद युके
५. नेपाली साहित्य प्रतिष्ठान, हङकङ
६. अनलाइन नेपाली साहित्य मंच
७. विनेसाम कुवेत शाखा, सिंगापुर तथा सम्पूर्ण शाखाहरु

 

Global Federation for Nepali Literature (GFNL)