पत्रकार तथा सर्जक सुर्य कुमार क्षेत्रीलाई ब्रेनट्यूमर

607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– See more at:

surya kshetriकाठमाडौ । पत्रकार तथा सर्जक सुर्य कुमार क्षेत्रीलाई ब्रेन ट्यूमर भएको छ ।

उनलाई उपचारका लागि अन्नपुर्ण अस्पताल माईतीघरमा भर्ना गरिएको छ । क्षेत्रीलाई ब्रेन ट्यूमर भएको अस्पतालका डा. बसन्त पन्तले जनाएको मदन खनालले जानकारी दिए ।

क्षेत्रीको भोली अप्रेसन गर्ने तयारी भईरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रेस युनियनका सचिब समेत रहेका क्षेत्रीको उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि अपिल गरिएको छ ।

उनको उपचारका लागि प्रेस यूनियन, विभिन्न कलाकर्मीको संघसंस्था लागि पर्ने प्रतिवद्धता आएको पत्रकार मदन खनालले जानकारी दिए ।

नेत्रावती मिडिया प्रा.लि.द्धारासंचालित धादिङ न्यूज डट कम परिवार क्षेत्रीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यसै गरी नुवाकोटवाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकका प्रकाशक किरण अधिकारीले पनि क्षेत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।क्षेत्री नेपाली कला – गीत, संगीत, प्रतिभा र सबै खाले मनोरञ्जनको समाचारका लागि तयार गरिएको डिजिटल पत्रिकाको सम्पादक समेत हुनुहुन्छ । वरिष्ट न्युरो सर्जन डाक्टर बसन्त पन्तको टिमलेबुधवार क्षेत्रीको अप्रेशन गर्ने  छ ।