कलाकार शाहलाई ‘केशव दुवाडी ललितकला स्मृति’ सम्मान

573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १९ मङ्सिर । ‘केशव दुवाडी ललितकला स्मृति सम्मान–२०७१’ कलाकार शशिविक्रम शाहलाई प्रदान गरिएको छ ।

‘घोडा’लाई नै मुख्य विषय बनाई कलाकारिता गर्दै आउनुभएका चित्रकार शाहलाई पाँच दशक अघिदेखि चित्रकलाको प्रवद्र्धनमा योगदान पु¥याएबापत पहिलो पटक सो सम्मान प्रदान गरिएकोे हो ।

नेपाल ललितकला प्रतिष्ठानका अध्यक्ष रागिनी उपाध्यायले कलाकार शाहलाई सो सम्मान अर्पण गर्दै उहाँको घोडाको प्रतिविम्ब मनोविज्ञानसँग जोडिएको छ भन्नुभयो ।

सम्मान पाउनुहुने शाहले पहिलो पटक प्रतिष्ठानले आफूलाई सम्मान गरेकामा खुसी व्यक्त गर्दै कलाकार दुवाडीबाट आफूलाई कलाक्षेत्रमा लाग्ने प्रेरणा मिलेको उल्लेख गर्नुभयो ।

नेपाल कला परिषद्का महासचिव शङ्करनाथ रिमाल, हिन्दू विद्यापिठ नेपालका अध्यक्ष केदारप्रसाद शर्मा र आयोजक संस्थाका सदस्यसचिव रमेश खनाललगायतले स्व. कलाकार दुवाडी र कलाकार शाहले चित्रकलामा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

चित्रकला क्षेत्रका मूर्धन्य कलाकार केशव दुवाडीको स्मृतिमा उहाँकी धर्मपत्नी कुञ्जलता दुवाडीबाट प्राप्त रू दुई लाखको राशिबाट अक्षयकोष स्थापना गरी सम्मान दिने काम भइआएको छ