कुरिनघाटमा निशुल्क बाली उपचार शिबिर हुने

545 पटक पढिएको

सम्पादक: Dhading News

कुरिनघाट- जिल्ला कृषि विकास कार्यालय गोरखाले चितवनको दारेचोक ७ कुरिनघाटमा एक दिने निशुल्क बाली उपचार तथा परामर्श  शिबिर  संचालन गर्ने भएको छ  । बालीमा लाग्ने रोग र उपचार सम्बन्धी परामर्श दिईने जिल्ला कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।
        बालीमा कस्तो प्रकारको रोग कुन अबस्थामा लाग्छ भन्ने बारे किसानलाई परामर्श दिईने जिल्ला कृषि बिकास कार्यालयका बाली संरक्षण अधिकृत रमेश चन्द्र सुवेदीले बताए । बालीमा रोग लागेको प्रारम्भिक अवस्थामा नै उपचार गर्न सके किसानहरुले क्षती बेहोर्नु नपर्ने सुवेदीको भनाईछ ।
    गोरखाको मनकामना भुम्लिचोक, मकैसिङ् ,ताङ्लिचोक लगायतका गाविसका किसानहरुलाई लक्षित गरि कुरिनघाटमा संचालन गर्ने उक्त शिविरमा चितवनको दारेचोक,काउले,चण्डिभञ्ज्याङ तथा धादिङ्को धुषा र जोगीमारा लगायत आसपासका गाविसका किसानलाई पनि समेटीने अधिकृत सुवेदीले बताए । शिबिर पौष १० गते संचालन गरिने जिल्ला कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।