अनुदान माग्दै साढे १८ हजार युवाले आवेदन दिए 

560 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अनुदानमा तरकारी उत्पादन गर्न देशभरबाट १८ हजार ६ सय २५ युवाले आवदेन दिएका छन् । थोरै लगानीमा छिटो आम्दानी दिने कृषि उपज भएकाले तरकारी उत्पादनमा युवा आकर्षण बढेको हो ।

yuwaaयुुवा पलायन रोक्ने मन्त्रालयले अनुदानमा पशुपन्छीपालन, माछापालन, तरकारी खेती, च्याउ खेती लगायत विभिन्न उत्पादनमा अनुदान उपलब्ध गराउने कार्यक्रम लागू गरेको कारोबार दैनिकमा खबर छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म तरकारी उत्पादनका लागि प्रस्ताव आहृवान गरेकोमा ७५ जिल्लाबाट युवाले तरकारी उत्पादनमा चासो देखाएको मन्त्रालयले जनाएको छ । आएका प्रस्तावमध्ये ४० जिल्लामा प्रस्ताव अध्ययन तथा मूल्यांकन भईसकेको र बाँकी जिल्लामा छनोट प्रक्रिया सुरु भएको मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले बताए ।

सापकोटाका अनुसार तरकारी खेतीका लागि युवाहरुलाई ४० देखि ६० हजार रुपैयाँसम्म अनुदान दिइनेछ ।

‘सवै युवालक्षित कार्यक्रमअन्तर्गत ८ हजार युवालाई अनुदान दिने यो वर्षको कार्यक्रम छ, अन्यमध्ये पनि तरकारी उत्पादनमा युवाको आकर्षण बढेको पाएका छौं,’ उनले भने, ‘कम मेहनत र छोटो समयमा उत्पादन दिने भएकाले युवा यसतर्फ आकषिर्त भएका हुन्, त्यसपछि माथि तरकारीको स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसमेत सुरक्षित छ ।’ पशुपालन तर्फ पनि प्रस्ताव आहृवान भएको र देशभरबाट युवाले आवेदन दिने क्रम बढेको उनले बताए ।