खाल्टे रेडक्रसमा पुन: ढुङ्गाना

660 पटक पढिएको

सम्पादक: धादिङ न्यूज



नयन केसी
RED-CROSSखाल्टे, – नेपाल रेडक्रस सोसाइटी, खाल्टे उपशाखाको सभापतिमा पुन: रामप्रसाद ढुङ्गाना चयन भएका छन् । उपशाखाको १२ गते  शनिबार भएको २0 औँ साधारण सभा तथा छैठौँ अधिवेशनले पुन ढुङ्गानालाई सभापतिमा चयन गरेको हो । 
पञ्चकन्या माविको प्राङ्गणमा सभापति राम प्रसाद ढुङ्गानाको सभापतित्वमा शनिबार भएको कार्यक्रममा जिल्ला शाखा धादिङका मन्त्री सिताराम कोइरालाको प्रमुख आतिथ्यता तथा खाल्टे गाविस सचिव बिरबहादुर दुवाडीको बिशेष आतिथ्य रहेको थियो । अधिवेशनले अन्य ८ सदस्य पनि  चयन गरेको छ । जसमा बिष्णु प्रसाद ढुङ्गाना, नारायण नेपाल, रामबहादुर श्रेष्ठ, विश्वास रोक्का, भिमबहादुर थापा, उर्मिला श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र प्रितम श्रेष्ठ रहेका छन् ।