धादिङ–पोखरा सम्पर्क समितिको अध्यक्षमा सारु

429 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, -धादिङ्ग जिल्ला घर भई स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गरेका धादिङबासीको सामाजिक संस्था धादिङ्ग–पोखरा सम्पर्क समितिको १६ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले झम्क सारु मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष पदका अन्य पाँच आकांक्षीले अन्तिम समयमा धुवाँकोटका सारु मगरलाई अध्यक्षमा सहमति जनाएपछि उनी सर्वसम्मत चयन भएका हुन् ।

समितिको वरिष्ठ उपाध्यक्षमा पुनः मुरलीभञ्ज्याङका गोकर्ण लम्साल दोहोरिए भने उपाध्यक्षमा आगिञ्चोकका दीपेन्द्र थपलिया, धुवाकोटका गुणराज सापकोटा र खाल्टे गाविसका लुमणीप्रसाद अवस्थी चयन भए । यस्तै, सचिवमा आगिञ्चोकका सुदर्शन बसौला, सहसचिवमा नलाङका शम्भु अधिकारी, कोषाध्यक्षमा ज्यामरुङका लालप्रसाद पाठक, सहकोषाध्यक्षमा मैदीका समिर अर्याललाई चयन गरिएको थियो भने सदस्यहरुमा बेनु पण्डित, गिरीप्रसाद दुवाडी, जगदीश खनाल, युगमराज अवस्थी, युवराज खतिवडा, गुञ्जमान तामाङ, योगप्रसाद सापकोटा (नवराज), छविलाल खतिवडा, गकुल नेपाली, विनोद काप्री, अम्बरबहादुर थापा (मुन्ना), बलराम लम्साल, नवराज ईटनी, प्रेम दवाडी र रामप्रसाद नेपाल सर्वसम्मत चयन भए ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै अन्तर समाज महासंघ नेपालका अध्यक्ष दीपेन्द्र राईले धादिङ पोखरा सम्पर्क समिति अन्तर समाजमध्ये अग्रस्थानमा रहेको भन्दै सबै जिल्लाबासीलाई समेट्दै अघि बढ्न सुझाव दिए । उनले धादिङ्गेहरु पोखरामा हर क्षेत्रमा रहेपनि बढि संख्यामा मजदुर रहेकाले उनीहरुमाथि आईपर्ने समस्या समाधान गर्न समिति अझ बढि क्रियाशील हुनुपर्नेमा जोड दिए ।

अन्तरसमाज महासंघ नेपालका पूर्व अध्यक्ष समेत रहेका समितिका पूर्व अध्यक्ष, सल्लाहकार परिषद् संयोजक रुद्रप्रसाद खनालले पोखरामा रहेका धादिङ्गवासी एकजुट हुनुपर्ने बताउँदै राजनीतिक पूर्वाग्रह नराखी सामाजिक कार्यमा अघि बढ्न जोड दिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका समितिका अध्यक्ष बलराम खतिवडाले समितिले रक्तदान, स्वास्थ्य शिविर, विभिन्न दुर्घटनामा परी घाईते तथा मृत्यु भएका धादिङ्गवासीलाई आर्थिक सहयोग प्रदान गरिँदै आएको बताए । कार्यक्रममा पतेनी प्रावि, खाल्टेका प्रधानाध्यापक शिवहरि अधिकारी, संस्थापक अध्यक्ष नवराज दुवाडी, पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष हरि अर्याल, सल्लाहकार परिषद् सदस्यहरु कृष्णबहादुर लम्साल, बेनी पाठक, केदार धमला, सल्लाहकार रामकृष्ण दुवाडी, आजीवन सदस्य युवराज खतिवडा, रामप्रसाद अधिकारी लगायतले संस्थाका गतिविधिका बारेमा बोलेका थिए ।

साधारणसभामा सचिव गोकर्ण अधिकारी र कोषाध्यक्ष लालप्रसाद पाठकले आ–आÇना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पोखरामा रहेका १ हजार बढि धादिङ्गवासी आबद्ध समितिले प्रत्येक वर्ष पोखरामा रक्तदान, धादिङ्गमा स्वास्थ्य शिविर, आँखा शिविर, सामुदायिक माविबाट एसएलसीमा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र तथा छात्रालाई नगद सहित सम्मान, विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरणका साथै विभिन्न दुर्घटनामा मृत्यु भएका परिवार तथा घाईते भएकालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।