रेडियो धादिङ सोमवार वाट आठौ बर्षमा प्रवेश

597 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

company_name_hoverधादिङ-ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्ज पुस २१ गते सोमबार देखी आठौँ बर्षमा प्रवेश गरेको छ । औपचारिक प्रसारणको साँतौ वर्ष पुरा गरी आठौँ बर्षमा प्रवेश गरेको अवसरमा रेडियो धादिङले सोमवार धादिङबेसीमा बुढीगण्डकी जलविद्युत आयोजना बारे सरोकारवालाहरुसंग बृहत अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । ‘‘समुदायको लागि समुदायको आवाज’’ भन्ने मुल नारा लिएर प्रशारण शुरु भएको रेडियो धादिङले नेपालमै पहिलो पटक चेपाङ भाषामा खवर प्रशारण शुरु गरेको थियो । चेपाङ भाषाको समाचारले अहिले पनि निरन्तरता पाईरहेको रेडियोले जनाएको छ ।
रेडियो धादिङ हरेक दिन विहान ५ बजेदेखि राती १० बजेसम्म नियमित १७ घण्टा प्रशारण गर्दै आएको जनाएको छ । धादिङमै पहिलो सामुदायिक रेडियोको रुपमा स्थापना भई २०६४ साल भदौ २० गतेदेखि परिक्षण प्रशारण शुरु गरेको थियो । रेडियो धादिङबाट अहिले प्रत्येक दिन नेपाली, तामाङ र चेपाङ भाषाको खवरसंगै प्रत्येक २ घण्टाको फरकमा राजमार्ग खबर प्रशारण हुंदै आईरहेको छ । यसैगरी तामाङ, चेपाङ, मगर लगायत विभिन्न भाषाभाषिका चेतनामुलक कार्यक्रम रेडियो धादिङबाट प्रशारण हुँदै आएको रेडियोले जनाएको छ ।